किन पुरुषको पहिलो नजर महिलाको स्तनमा पर्छ ? यस्तो छ रहस्य

काठमाडौं : पुरुषले किन महिलालाई नियालेर वा एकोहोरिएर हेर्छन् ? यसमा एउटा मात्र कारण छैन । विपरीत लिंगप्रतिको स्वभाविक आकर्षणले पनि पुरुषले महिलामाथि नजर लगाउने गर्छन् ।

महिला कस्ती छिन्, उनको रुपरंग कस्तो छ, पहिरन शैली कति सुहाएको छ भनेर महिलालाई नियाल्छन् । यसैगरी महिलाको सुन्दरताबाट मोहित भएर पुरुषहरुले महिलामाथि दृष्टि लगाउँछन् ।

‘कुनै सुन्दर कुरामाथि दृष्टि जानु स्वभाविक मानवीय स्वभाव हो,’ मनोविद् गोपाल ढकाल भन्छन्, ‘यसलाई अन्यथा लिनु उचित हुन्न ।’ राम्रो वा नराम्रो, अति सामान्य वा असामान्य कुरामा मान्छेको ध्यान तानिन्छ । यही मानवीय प्रवृत्तिले गर्दा पुरुषले महिलालाई हेर्न सक्छ ।

तर पुरुषको हेराइमा कामुकता र कुष्ठा मिसिएको छ भने त्यो चाहिं भावनात्मक दुर्व्यवहार हुने ढकाल बताउँछन् । ‘गलत नियतले महिलालाई नै असहज हुने गरी हेर्नु भनेको त्यस्तो मान्छेको मनोवृत्ति नै खराब छ भन्ने हो,’ उनी भन्छन्, ‘यो अपराध हो, भावनात्मक दुर्व्यवहार हो ।’

कस्ता पुरुषले यसरी हेर्छन् ?

उमेर, वर्ग, स्थान, नश्लको आधारमा कस्ता पुरुषले महिलालाई घुरेर हेर्छन् भन्ने कुराको वर्गीकरण गर्न सकिंदैन । विद्यालय पढ्ने उमेरका किशोरदेखि पाको उमेरकाले पनि महिलामाथि यस्तो दृष्टि लगाउने गर्छन् ।

किनभने यो एक किसिमको मनोविकार हो । यस्तो मनोविकार मान्छेको चेतना, संस्कारसँग जोडिएर आउने मनोविद् ढकाल बताउँछन् । ‘यौ’नमा विचलित र कुण्ठित पुरुषले महिलालाई घुरेर हेर्छन्,’ मनोविद् ढकाल भन्छन्, ‘यसरी उनीहरु आफूलाई तृप्त बनाउन खोज्छन् । तर यसले उनीहरुमा अरु बढी यौन आशक्ति बढाइदिन्छ ।’

कतिपय महिलालाई भने पुरुषले नियालेर हेरिरहेको छ कि भन्ने भय यसै पनि उब्जिने गर्छ । ‘सोसल एन्जाइटी भएकाहरुलाई यस्तो हुन्छ,’ मनोविद् ढकाल भन्छन्, ‘म राम्री देखिएको छैन वा मेरो लुगा खराब देखियो कि भन्ने शंकाले उनीहरुलाई भयभित बनाइरहेको हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖