हिक्मत कार्कीले कोशी सरकारको नेतृत्व सम्हाल्दै, ११ बजे मन्त्रालय पुग्ने

विराटनगर । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्दै छन् ।

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की निवर्तमान भएका थिए ।

तर, सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्ति असंवैधानिक भन्दै नियुत्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की काम चलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली भएका हुन् । काठमाडौंमा रहेका कार्की केहीबेरमा विराटनगर आउँदै छन् । उनले विराटनगर आएर ११ बजे मन्त्रालय जाने बताए ।

‘कुरा स्पष्ट छ, अदालतले उद्धव थापाको नियुक्ति बदर गरेपछि सरकार शून्यताको अवस्था हुन नदिन मेरै नेतृत्वको सरकारको निरन्तरता हो । संविधानले सरकार शून्यताको परिकल्पना गरेको छैन । अर्को सरकार गठन नभएसम्मका लागि मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्ने छु’, कार्कीले नेपाल प्रेससँग भने ।

न्यायाधीश ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै एक साताभित्र नयाँ सरकार गठनका लागि आदेश दिएको छ । फैसलामा एक साताभित्रमा संविधानको धारा १६८ (२) अन्तर्गत सरकार गठन गर्न र त्यो हुन नसके १६८ (३) अन्तर्गत सरकार गठन गर्न उल्लेख छ ।

कोशी प्रदेशसभामा ९३ जना सांसद छन् । सरकार गठनको दाबी पेश गर्न ४७ सीटको आवश्यकता पर्छ । थापाले सभामुखको समर्थनसहित ४७ सीट पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । थापाले कांग्रेसको २९, नेकपा माओवादीको १२, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद तथा सभामुखको छुट्टै १ गरी बहुमत पुर्‍याएका थिए ।

सरकार गठन प्रक्रिया असंवैधानिध भएको दाबी लिएर बदरको माग गर्दै एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले असार २२ गते रिट निवेदन दिएका थिए ।

अदालतले सभामुखलाई सरकार गठनमा भूमिका खेल्न नपाउने फैसला सुनाएको छ । यसले गर्दा आगामी दिनमा पनि सत्ता गठबन्धनले सभामुखलाई गर्न सक्ने प्रयोगलाई पनि अदालतले बर्जित गरिदिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।