गृहमन्त्री श्रेष्ठ – बरु सरकार छाड्छौँ, भ्रष्ट्राचारी छाड्ने लयमा छैनौँ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार नै छाड्न तयार हुने तर भ्राष्टाचार काण्डहरु विन निश्कर्ष अधाकल्चो नपार्ने बताएका छन् ।

गृहमन्त्री भएपछि नै पहिलो पटक एक टिभी कार्यक्रममा अन्तवार्ता दिएका गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री र आफू निष्कर्षमा पुग्ने बरु सरकार छाड्न तयार रहेको टिप्पणी गरे ।

‘भ्रष्टाचार प्रकरणमा हामी निष्कर्षमा पुग्छौँ,’ उनले भने, ‘बरु सरकार छाड्न तयार छौँ।’

गठबन्धन संकटमा पर्ने हो की भन्ने शंकाका कारण आमनागरिकमा भ्रष्टाचार काण्ड निष्कर्षमा नपुग्ने हो की भन्ने लागि रहेको तर त्यो नहुने गृहमन्त्रीको भनाइ छ ।

भ्रष्टाचार र कुशासनले नागरिकमा नैरास्यताले सिमा नाघेको भन्दै उनले अब पनि त्यसको अन्त्यको विकल्प नरहेको टिप्पणी गरे ।

उनले सय केजी सुन प्रकरणबारे प्रहरीले थप गहन रुपमा अनुसन्धान गरिरहेको बताउँदै कुनै पनि भ्रष्ट्राचारी तथा दललीका गिरोह नउम्किने उल्लेख गरे ।

उनले पछिल्लो कामबारे आफूलाई धेरैबाट स्याब्बासी आइरहेको बताउँदै त्यसले पनि काम गर्न उर्जा मिलिरहेको बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।