कार्कीले भने : कांग्रेससँग मिलेर सरकार बनाउन तयार छौँ

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेससँ मिलेर सरकार बनाउन आफूहरु तयार रहेको बताएका छन्।

सर्वोच्च अदालतको पूर्ण इजालसको बिहीबारको आदेशपछि काम चलाउ सरकारको नेतृत्वमा फर्किएको बताइरहेका बेला कार्कीको यस्तो भनाइ आएको हो।

शुक्रबार काठमाडौंबाट ओर्लिएर विराटनगर विमानस्थलमा प्रदेशको स्थायित्वका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने तर्क गरे।

सर्वोच्च गत असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर गरेसँगै कार्की मुख्यमन्त्रीमा पुनर्बहाली भएका कानुनविद्हरुको तर्क थियो।

तर मुख्यमन्त्रीको कार्यालयले लिन नपठाएपछि विमानस्थलबाट कार्की निजी निवासतिर लागेका छन्। उनले प्रदेशको समृद्धिका लागि एमाले बाधक नहुने पनि बताए। लोकतन्त्र र सुशासनका लागि कांग्रेससँग मिलेर सरकार बनाउन सकिने उनले तर्क गरे।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖