ओलीले किन भने ..हामी कांग्रेसकै हालतमा पुग्छौं

काठमाडौं, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अहिले भ्रष्टाचारको विरुद्धमा बोल्नै नसकेको टिप्पणी गरेका छन् । उनले कांग्रेसले अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँधमा बोकेर हिँडिरहेको टिप्पणी गरे ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित जनवर्गीय संगठनको कार्यक्रमलाई सम्वोधन गर्दै उनले अहिले कांग्रेस दुर्गतिको बाटोतर्फ अघि बढेको आरोप लगाए ।

उनले थपे,‘भाग्यमा छ भन्दैमा डोकामा दूध दुहेर अडिँदैन । जितिहालिन्छ भनेर उपरखुट्टी लगाएर बस्ने हो भने हामी कांग्रेसकै हालतमा पुग्छौं । अहिलेको कांग्रेस हेरे हुन्छ, कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति। माओवादीको ढाकर बोक्या हेर त ! कांग्रेसको दुईपट्टि प्रचण्ड टिलिक्क परेका जुत्ता लगाएका खुट्टा झारेर कांग्रेसको कानमा समातेर हट हट गर्दै कसरी हिड्या छन् ? कांग्रेस लुरुलुरु ! कांग्रेसको थियो अलिकति । तर, अब कठैबरा मात्र भन्न सकिन्छ । अरु के गर्नु ?

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।