सिङ्गापुरमा ३० ग्राम हिरोइनको तस्करी गरेको अभियोगमा एक महिलालाई मृत्युदण्ड

एजेन्सी । सिङ्गापुरमा ३० ग्राम लागुपदार्थ हिरोइनको तस्करी गरेको अभियोगमा एक महिलालाई मृत्युदण्ड दिइएको छ ।

३० ग्राम हिरोइनसहित सन् २०१८ मा पक्राउ परेकी ४५ वर्षकी सारिदेबी जमानीलाई आज मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । सिङ्गापुरमा बितेको २० वर्षपछि पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिइएको हो ।

सिङ्गापुरमा बितेको तीन दिनमा दोस्रो व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ । ५० ग्राम हिरोइन तस्करी गरेको अभियोगमा यही हप्ता मोहम्मद अजिल बिललाई पनि मृत्युदण्ड दिएको थियो ।

सिङ्गापुरमा बितेको १५ महिनामा १५ जनाले मृत्युदण्डको सजाय पाएका बीबीसीले जनाएको छ । सिङ्गापुरमा पाँच सय ग्राम गाँजा वा १५ ग्राम हिरोइनसहित पक्राउ परेका व्यक्तिलाई मृत्युदण्डको सजाय दिन सक्ने कानुनी व्यवस्था रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।