हेलिकप्टर दुर्घटना, चार सैनिक बेपत्ता

क्वीन्सल्याण्ड । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार जना बेपत्ता भएका छन् । लिन्डम्यान टापूमा शुक्रबार राति अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका दौरान यो दुर्घटना भएको हो ।

रक्षामन्त्री रिचार्ड मार्ल्सले तत्कालै खोजी तथा उद्धारको अभियान तत्कालै सुरु गरिएको जानकारी दिएका छन् । ‘हेलिकप्टरमा सवार चार जना सदस्य अझै फेला परेका छैनन्,’ शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा मार्ल्सले भने ।

उनका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर टापु नजिकै स्थानीय समयअनुसार राति साढे १० बजे दुर्घटनाग्रस्त बनेको थियो । हाल अस्ट्रेलिया र अमेरिकाबीच सबैभन्दा ठुला द्विपक्षीय सैन्य अभ्यास टेलिस्मान साब्रे जारी रहेको छ । दुर्घटनापछि अभ्यासलाई समेत केही समय रोक्ने निर्णय गरिएको छ । –बीबीसी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।