ग्लोबल टी २० मा सन्दीपको जादु: तेस्रोपटक जिते मोमेन्ट अफ द म्याचको पुरस्कार

काठमाडौं । क्यानाडामा जारी ग्लोबल टी २० नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो उत्कृष्टता देखाइरहेका छन् । सर्रेका हरेक खेलमा उनको महत्वपूर्ण योगदान छ ।

आज राति भएको खेलमा सन्दीपले महत्वपूर्ण तीन विकेट लिँदै टिमलाई जित दिलाए । प्लेयर अफ द म्याचको अवार्ड पाउन नसके पनि सन्दीपले फेरि एकपटक मामेन्ट अफ द म्याचको पुरस्कार पाएका छन् । उनले एकै ओेभरमा दुई विकेट लिएर खेललाई सर्रेको पक्षमा ढल्काएका थिए ।

सन्दीपले यसअघि पनि दुई खेलमा मोमेन्ट अफ द म्याचको पुरस्कार पाइसकेका छन् । यो ५०० डलरको पुरस्कार हो । सर्रेको अर्को एउटा म्याच भने वर्षाका कारण रद्द भएको थियो ।

क्यानाडाको पिचमा सन्दीपका स्पिन झेल्न ओेभरसिज ब्याट्सम्यानहरूलाई हम्मे हम्मे परिरहेको छ । सन्दीपले सकिब अल हसन, कोलिन मुनरो, जेम्स निसामजस्ता दिग्गज ब्याट्सम्यानहरूको विकेट लिएर आफ्नो क्षमताको पुन: पुष्टि गरिसकेका छन् ।

सन्दीपले अहिलेसम्म चार खेलमा ७ विकेट लिएका छन्, जसमध्ये वर्षाले प्रभावित एक खेलमा उनले दुई ओभर मात्र बलिङ गर्न पाएका थिए । जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलको सूचीमा उनी तेस्रो स्थानमा छन् । उनी ग्लोबल टी २० को इतिहासमा सर्वाधिक विकेट लिने बलर पनि हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।