सैन्य कूपछि नाइजरका सेनाद्वारा जेनेरल टिचियानी राज्य प्रमुख घोषित

एजेन्सी । नाइजरका सेनाले जनरल आबडौरहमेन टिचियानीलाई राष्ट्र प्रमुख घोषणा गरेको छ ।

गए राति टिचियानीले टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गरेका थिए जसमा देखिएको ब्यानरमा उनी नयाँ सैन्य परिषद्को प्रमुख भएको जनाइएको थियो । पद सम्हाले लगत्तै टिचियानीले मन्त्रीहरूसँग भेटे गरेका छन् र सहकार्यका लागि आग्रह पनि गरेका छन् ।

गत बुधवार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्दै सैनिक समूहले राष्ट्रपति मोहमेद बाजौमलाई अपदस्थ गरिएको, संविधान भङ्‌ग गरिएको र देशका सबै संस्थाहरू निलम्बन गरिएको घोषणा गरेको थियो । बाजौमलाई खराब शासन र बिग्रँदो सुरक्षाका कारण अपदस्थ गरिएको सैनिक समूहले जनाएको थियो ।

अपदस्थ राष्ट्रपति बाजुम इस्लामिक जिहादीविरुद्धको लडाइमा पश्चिमा देशका एक प्रमुख सहयोगीका रूपमा रहँदै आएका थिए ।

नाइजर सब सहारन क्षेत्रबाट हुने अवैध आप्रवासन विरुद्धको लडाइँमा युरोपेली सङ्घको एक मुख्य सहयोगी राष्ट्रसमेत हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।