सर्रे जागुएर्सको जितमा सन्दीपको ३ विकेट

काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेटमा नेपाली लेगस्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिंदै मिसिसाउगा प्यान्थर्सविरुद्ध तीन विकेट लिएका छन् ।

शुक्रबार राति भएको खेलमा सर्रे जागुएर्सले प्यान्थर्सलाई ५५ रनले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सर्रे जागुएर्सले जतिन्दर सिंहको अर्धशतकमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

जतिन्दले ४५ बलमा ५ चौका र १ छक्का प्रहार गरी ५७ रन बनाए । एलेक्स हाल्सले ३९ र लिट्टन दासले २५ रन बनाए ।

प्यान्थर्सका जहुर खानले तीन विकेट लिए ।

१६५ रनको लक्ष्य पछ्याएको प्यान्थर्स १७ ओभरमै १०९ रनमा अलआउट भए । प्यान्थर्सका लागि क्यामरुन डेलपोर्टले ३३ तथा श्रेयास मुभ्भाले ३१ रन बनाए ।

प्यान्थर्सलाई अलआउट गर्न सर्रे जागुएर्सका सन्दीपले तीन ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै स्पेन्सर जोन्सनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फोर्डले २ विकेट लिए ।

दोस्रो जितपछि चार खेलबाट ५ अंक जोडेर सर्रे तेस्रो स्थानमा उक्लेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।