रास्वपा प्रवेश गरेकाहरुले ‘आगामी निर्वाचनमा म उम्मेदवार’ भन्दै हिँडेपछि रविको आपत्ति

काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कसैंलाई पोस्न र पाल्नका लागि नबनेको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वाप नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि बनेको बताए । उनले रास्वपाका नेता तथा कार्यकर्तालाई पार्टीमा आवद्ध हुनु भनेको निर्वाचनका लागि उम्मेवादर हुनु नभएको बताएका हुन् ।

रास्वपामा प्रवेश गरेकाहरुले पछिल्लो समय आफू–आफू नै मेयर, वडा अध्यक्ष लगायतका पदमा दाबी गर्न थालेपछि सभापति लामिछानेले आपत्ति जनाएका हुन् ।

‘रास्वपामा सहभागी हुनु भनेको तपाईं उम्मेदवार हुनु होइन । कोही पनि अहिले उम्मेदवार होइन। साथीहरू मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु । त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन । रास्वपा कसैलाई पोस्न र पाल्न बनेको पार्टी होइन,’– उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।