सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छः माओवादी नेता शाही

काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिँदा राम्रो हुने बताएका छन् ।

हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विभागीय मन्त्री भएको नाताले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले उक्त घटनाको जिम्मा लिनुपर्ने बताएका हुन् ।

‘राजीनामाको विषय भनेको स्वयं व्यक्तिमा भर पर्ने कुरा हो । व्यक्तिको नीजि मामिला हो । म दिन्छु पनि भन्न सक्छ, म दिन्न पनि भन्न सक्छ । तर, दिँदा राम्रो हुन्छ । यसका लागि छानविन समिति पहिला बन्न पर्यो । छानविन समिति बनेर छानविनको प्रक्रिया सुरु गरिसकेपछि मात्रै त्यसपछि के गर्ने भन्ने कुरा त्यसपछिको विषय हो । जिम्मेवार व्यक्ति उहाँ हो । विभागीय मन्त्री हुनुको नाताले अर्थमन्त्रीको भूमिका र गृहमन्त्रीको भूमिका छ,’– उनले भने ।

उनले कर्मचारी र प्रहरीहरुले निकै ठूलो पावर लगाएर भन्सारमा सरुवा माग्ने गरेको बताए । अख्तियार, अदालत र हरेक संवैधानिक अंगका बारेमा पटक–पटक प्रश्नहरु उठिरहेको उनको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।