यसकारण एक लिटर बिच्छीको विष १३ करोडमा विक्री हुन्छ

एजेन्सी । सर्प झैँ बिच्छी पनि खतरनाक हुन्छन् र यसले मानिसलाई मार्न पनि सक्छ तर यसको विष धेरै महँगो हुन्छ ।

एक लिटर बिच्छीको विषको मूल्य १० लाख डलरसम्म छ । नेपाली मुद्रामा कुरा गर्ने हो भने करिब १३ करोड रुपैयाँ ।

टर्कीको एउटा प्रयोगशालामा २०,००० बिच्छी छन्, जहाँ हरेक दिन दुई ग्राम बिच्छीको विष सङ्कलन गरिन्छ ।

बीबीसीसँग कुरा गर्दै प्रयोगशाला सञ्चालकले आफूले बिच्छीको हेरचाह गर्ने, समयमै खाना खुवाउने र विष निकालेर युरोपमा सुपथ मूल्यमा बेच्ने गरेको बताए ।

उनका अनुसार बिच्छीको डसाइमा दुई मिलिग्राम मात्रै विष हुन्छ । करिब तीन सयदेखि चार सय बिच्छीको सहयोगमा एक ग्राम विष जम्मा गर्न सकिन्छ ।

मूल्यबारे कुरा गर्दै प्रयोगशालासँग जोडिएका म्याडेनका अनुसार एक लिटर विष १० लाख डलरसम्म बिक्री हुने गरेको छ ।

scorpio1विषको काम के हो ?

ल्याटिन अमेरिकामा पाइने बिच्छीको विषले मार्गा टक्सिन नामक पदार्थ उत्पादन गर्छ जसले रक्तनलीमा कोशिकाहरू निर्माण गर्न मद्दत गर्छ र मुटुको शल्यक्रियामा प्रयोग गरिन्छ।

यी बिच्छीहरू पाँचदेखि आठ सेन्टिमिटर लामा हुन्छन्, यिनीहरूको विष त्यति घातक नभए पनि मानिसलाई टोकेमा असाध्यै दुख्ने, सुन्निने र चिलाउने हुन्छ ।

बिच्छीको डसाइबारे अनुसन्धान गरिरहेका लीड्स युनिभर्सिटीका प्रोफेसर डेभिड भन्छन्, ‘यो विष निकै शक्तिशाली छ र यसको थोरै मात्रा पनि फाइदाजनक हुन्छ ।’

उनका अनुसार मार्गा टक्सिनलाई औषधिको रूपमा मात्र नभई मुटुसम्बन्धी रोगमा स्प्रेको रूपमा पनि प्रयोग गरिन्छ ।

आजकल बिच्छीको विषलाई सौन्दर्य उत्पादनमा पनि प्रयोग गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।