यस्ता छन् नियमित काजु खानुका फाइदा

महँगो ड्राइ फ्रुट हो काजु । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु-याउने खाद्य हो ।

थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

यी हुन् नियमित काजु खानुका फाइदा
– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।
– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।
– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।
– गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।
– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।
– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।
– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ । – हड्डी मजबुत गराउँछ ।
– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।
– अनुहारको छालामा चमक ल्याउँछ ।
– कुनै साइड इफेक्ट गर्दैन ।
– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।
– थकान मेटाउन सहयोग पुर्‍याउँछ ।
– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।
– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।
– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।
– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।
– कोलेस्टेरोल घटाउन सहयोग पु(याउँछ ।
– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।
– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।
– तनाव घटाएर थकान हुनबाट बचाउँछ ।

– यौन क्षमतामा वृद्धि गर्नुका साथै काजुले शक्ति प्रदान गर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।