कोशी प्रदेशबारे बाबुराम भट्टराईको प्रतिक्रिया–मध्यावधिमा जानु नै उपयुक्त

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन् ।

कोशी प्रदेश सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्व प्रधानमन्त्री भट्टराईले मध्यावधि निर्वाचनको विकल्प सुझाएका हुन् ।

‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन्, ‘यस्तै सत्तालिप्साले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’

सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण गरेपछि गत शुक्रवार सर्वोच्च अदालतले सरकारलाई अवैधानिक भनेपछि कोशी सरकार निर्माण थप सकस परेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।