गृह जिल्लामा बाबुराम भट्टराईलाई धक्का, १४ जनाले नेसपा छाडे

गोरखा । गृह जिल्लामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका १४ कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।उनीहरुले अन्य पार्टी भन्दा नेसपा अलग र भिन्न नहुने देखिएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्ने समूहले लगाएको आरोप अनुसार पुरानो प्रवृत्तिबाट जगडिएको नेतृत्व हाबी हुन थालेको तथा वैकल्पिक शक्ति निर्माण यात्रा उही पुरानो बाटोतिर फर्किएको अनुभूति भएकाले पार्टी परित्याग गर्नु परेको हो ।

‘पार्टी विधि विधानअनुसार संचालन नगरी आफू अनुकूल नेतृत्व परिवर्तन र पद बाँडफाँडको कारण विगत लामो समयदेखि कार्यकर्ताको गुनासा समस्या समाधानमा पार्टी भूमिकाविहीन अवस्थामा रहन पुग्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ शक्ति निर्माण अभियानदेखि हाल नेसपासम्म निरन्तर लागिरहेका थियौं, मूल नेतृत्वको विचार सही हुँदाहुँदै पनि पटक पटक पार्टी एकताको रुपमा या अन्य कारणले पार्टीको नाम, चुनाव चिह्न परिवर्तन हुनु र भिन्न दलसँग गठवन्धन गर्नुले दीर्घकालीनरुपमा जनताले नेतृत्वप्रति नै आशंका र अविश्वास उब्जनु स्वाभाविक नै थियो ।’

यसरी पार्टी परित्याग गर्नेमा गण्डकी प्रदेश सदस्य तथा गोरखा नगर अध्यक्ष ज्योति कोइराला, गण्डकी प्रदेश सदस्य रविन आचार्य, नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष सुजन गर्तौला, पार्टीका जिल्ला सदस्य मिलन न्यौपाने, जिल्ला सल्लाहकार सदस्य रामहरि खनाललगायत रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।