कोसी प्रदेशमा वामपन्थीहरूको सरकार बनाउनुपर्छ : झलनाथ खनाल

काठमाडौं, १४ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी नेतृत्व दक्षिणपन्थीको बैसाखी बनेको आरोप लगाएका छन् ।

‘हामीले क्रान्तिकारी पार्टी निर्माणका लागि विद्रोह गरेका हौं । त्यसको औचित्य साबित गर्नुपर्ने ठाउँमा पार्टी दक्षिणपन्थीको बैसाखीजस्तो बनेको छ । त्यसको समीक्षा गरेर कमीकमजोरी हटाउनुपर्छ भन्ने मेरो जोडदार माग छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

तपाईंले कार्यकारी अधिकारसहितको अध्यक्ष हुन चाहेको हो भन्ने प्रश्नमा नेता खनालले आफू पार्टीको नेतृत्व गर्न सक्षम रहेको दाबी गरे । उनले थपे, ‘म पदलाई लक्ष्य गरेर हिँड्ने मान्छे होइन । तर कुनै जिम्मेवारी लिनुपर्छ भने पछाडि हट्ने छैन । म बूढो भएको छैन । पार्टी, आन्दोलन र देश हाँक्ने उमेरले होइन, विचार हो । म नेकपा (एकीकृत समाजवादी) लाई सही वैचारिक धारमा अगाडि बढाउन र नयाँ नेतृत्वको विकास गर्न चाहन्छु ।’

साथै उनले सिंगो कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी भड्काउमा रहेको आरोप पनि लगाए । खनालले भने, ‘नेकपा एमाले मात्र होइन, नेकपा (माओवादी केन्द्र) पनि दक्षिणपन्थी भड्काउमा छन् र हाम्रो पार्टी पनि त्यस दिशामै अग्रसर छ । नेकपा एमालेमा हुँदा पार्टीको लोकतन्त्रीकरणको नाममा गुटबन्दी गर्ने काम भयो । त्यसबाट मुक्त भएर काम गर्नुपर्छ ।’

आफ्नो पार्टी तत्काल नेकपा एमाले, माओवादी वा जनता समाजवादी पार्टी कसैसँग पनि एकता गर्ने पक्षमा नरहेको उनले बताए । बरु चाँडोभन्दा चाँडो राष्ट्रिय महाधिवेशनको दिशामा जानुपर्ने उनले औंल्याए । एकीकृत समाजवादी फुटको संघारमा गएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा खनालले भने, ‘हामी आआफ्नो ढंगले काम गरिरहेका छौं । तत्काल त्यस्तो सम्भावना छैन ।’

अर्को प्रसंगमा नेता खनालले कोसी प्रदेशमा वामपन्थीहरुको सरकार बनाउनुपर्ने बताए । उनले भने, ‘कोसीमा गठबन्धनले सभामुखलाई फसायो । म त्यस्तो असंवैधानिक कामको भत्र्सना गर्न चाहन्छु । गठबन्धन संविधानको रक्षा गर्न बनेको होइन ? जसरी पनि बहुमतको सरकार बनाउने काम गठबन्धनले नगरोस् । अब तीनवटा वामपन्थी दल मिलेर प्रगतिशील नीति कार्यक्रमका साथ बाँकी अवधि सरकार चलाउनुपर्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।