ओली–प्रचण्ड वान टू वान वार्तामा, बाहिरिए माधव नेपाल

काठमाडौं, साउन १४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटर पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटरमा जारी भेटवार्तामा संसद अवरोध खुलाउनेबारे छलफल भईरहेको स्रोतले जनाएको छ । आजको बैठकमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमासमेतछलफल भएको स्रोतले जनाएको छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन काण्डको विषयलाई लिएर गत विहिबार प्रतिनिधि सभाको बैठकमा हंगामा मच्चिएपछि प्रतिनिधिसभाको बैठक साउन १५ गते बस्नेगरी स्थगित भएको थियो ।

विहिबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै अधिकांश सांसदहरूले बैठक अवरोध गरेपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरिएको थियो।

एमाले अध्यक्ष ओली बालुवाटर पुग्नुअघि प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेश सरकार गठनबारे सत्ता गठबन्धनको शीर्ष नेताहरुसँग छलफल गरेका छन् । कोशी सरकार गठनबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, एकिकृत समाजवादीको नेता माधव कुमार नेपाल लगायतका नेता विहानै बालुवाटर पुगेका थिए । देउवा र नेपाल बालुवाटरबाट बाहिरिएसँगै ओली र प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।