प्रचण्डको प्रस्ताव : कोशीमा कांग्रेस, माओवादी र राप्रपाबीच आलोपालो सरकारको नेतृत्वमा समझदारी गर्नुपर्ने

काठमाडौं, १४ साउन । कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीच सरकारमा आलोपालो नेतृत्व गर्ने समझदारी बन्न लागेको छ। साउन १६ गतेभित्र सरकार बनाउन आह्वान भएअनुसार नै प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

आज (आइतबार) विहानमात्रै प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धनका शीर्ष तीन नेताहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र माधवकुमार नेपाल छलफलमा जुटेका थिए । सो छलफलमा कोशी प्रदेशमा सरकार गठनबारे गहन छलफल भएको बताईएको छ ।

प्रधानमन्त्री दाहालले भने कोशीमा सरकार गठनको लागि राप्रपाको साथ लिन सकिने र राप्रपालाई पनि सरकारको नेतृत्व दिने प्रस्ताव गरेको बुझिएको छ ।

सो प्रस्तावमा पहिलो चरणमा सरकारको नेतृत्व कांग्रेसले गर्ने, दोस्रो चरणमा माओवादी र तेस्रो चरणमा राप्रपाले गर्ने रहेको छ । यसको लागि राप्रपाका शीर्ष नेताहरुसमक्ष प्रस्ताव पठाउन लागिएको छ । राप्रपाले पनि सरकारको नेतृत्वमा दाबी गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।