छालाको एलर्जीबाट हैरान हुनुहुन्छ ? यसबाट छुटकारा पाउन यसो गर्नुहोस

सविता सिंह ठकुरी : छाला हाम्रो शरीरको महत्वपुर्ण अंग हो । यसले हाम्रो सम्पूर्ण शरीरको बनोटलाई अड्याएर राख्ने काम गर्दछ । छालाले गर्दा नै हाम्रो शरीरको विभिन्न भागहरुले काम गरिरहेका हुन्छन् । छाला हाम्रो शरीरको बाहिरी भागमा हुने भएकोले किटाणु वा भाइरस ले सिधै आक्रमण गर्ने गर्छ । जसले गर्दा हाम्रो शरीरमा विभिन्न प्रकारका समस्याहरु आइपर्छन् । जसमध्ये एलर्जी पनि एक हो ।

हाम्रो शरीरको छाला चिलाउने, पोल्ने र घाउ बन्ने रोग नै एलर्जी हो । यो रोग धेरै मानिसमा देखा पर्दछ । अनावश्यक औषधिको सेवन, दुषित पानी, वायु प्रदुषण र सन्तुलित भोजनको कमिले लाग्ने गर्दछ । कुनै व्यक्तिलाई एलर्जी छ भने वंशाणुगत गुणबाट पनि सर्न सक्छ । कतिपय बिरामीहरुलाई चिकित्सकले दिएको अ‍ैषधिले ठिक हुने गर्दछ । कुनै बेलामा एलर्जी भएको व्यक्तिले औषधि प्रयोग गर्ने बेलासम्म मात्र ठिक हुने र त्यसपछि फेरि दोहोरिने समस्या देखिएको छ ।

कुनैबेला एजर्जीले शरीर चिलाउने, मुख, आँखा सुन्निने र छालामा फोका आउने समस्या हुन्छ । कुनै एलर्जी शरीरभित्र पनि हुने गर्छन् । एलर्जी भएको बेलामा जथाभावी औषधि खाने, मल्हमको प्रयोग गर्ने, गाउँघरमा शरीरमा खरानी लगाउने प्रचलन बढ्दो छ । यसलाई नियन्त्रण गर्न हामीले सबैभन्दा पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिन जरुरी हुन्छ ।

खानपिन, पानी, धुवा र धुलोबाट टाढा रहनुपर्छ । बहिर बजारतिरबाट घरमा पुग्नासाथ हातखुट्टा धुने, पानी फिल्टर गरेर खाने, बजारमा पाईने खानेकुरा नखाने, धुलो वा धुवा भएको ठाउँमा नजाने र कुनै लक्षण देखिनासाथ चिकित्सक कहाँ गई राम्रोसँग चेकजाँच गरी औषधि वा मल्हम प्रयोग गर्नुपर्दछ । एलर्जी बाहिरी प्रदुषणको साथसाथै धेरै चिन्ता लिने, मृगौलामा खराबी र मसालेदार खानेकुरा खानाले हुने गर्दछ ।

यस रोगको उपचारको लागि हामीले आयुर्वेदिक वा घरेलु तरिकाबाट ठिक गर्न सक्छौं । कुनै व्यक्तिलाई एलर्जी भएको छ भने विभिन्न प्रकारका औषधि खाने वा विभिन्न प्रोडक्टको क्रिमहरु प्रयाग गर्ने गरेको पाइन्छ । त्यसले केहि समयलाई ठिक भएतापनि फेरि दोहोरिन सक्छ । त्यसैले एलर्जी ठिक गराउन हामीले छालालाई विशेष ध्यान दिनुपर्दछ ।

छालालाई सफा पानीले धुने, शरीरमा अनावश्यक विभिन्न प्रोडक्टको लोसन वा मोइस्टराइजरको प्रयोग नगर्ने, धेरै चिन्ता नलिने, धुलो वा चर्को घाममा नबस्ने, खानपिनमा ध्यान दिने, घ्यूकुमारीको पेस्ट बनाएर शरीरमा लगाउने गर्नाले एलर्जी हुन कम गर्छ र छालालाई स्वस्थ राख्नमा मद्दत पुग्दछ । कुनै औषधि प्रयोग गर्नुपरेमा चिकित्सकको सल्लाह अनुसार औषधिहरु प्रयोग गर्न सकिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।