नेकपा एसले बोलायो सचिवालयदेखि केन्द्रीय कमिटी बैठक, कुन कहिले ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटिका बैठकहरु आह्वान गरिएको छ ।

महासचिव घनश्याम भुसालले बैठकहरु बोलाइएको जानकारी दिएका छन् ।

उनका अनुसार केन्द्रीय सचिवालयको बैठक साउन १९ गते बिहान ८ बजेका लागि पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवीमा बोलाइएको छ । त्यस्तै, स्थायी कमिटीको बैठक साउन २० र २१ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा डाकिएको छ । पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते बिहान ११ बजे पार्टीकै कार्यालयमा तय गरिएको छ भने केन्द्रीय कमिटीको बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजेका लागि कान्तिपुर गार्डेन ब्याङकेट, बालकुमारीमा निर्धारित गरिएको महासचिव भुसालले जनाएका छन् ।

बैठकका एजेण्डाहरुमा रिपोर्टिङ÷राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र नेताहरुको कार्यभारलगायत रहनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।