एम्बाप्पे साउदी नजाने, अब कता जान्छन् ?

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले नपत्याएपछि फ्रान्सेली स्टार केलियन एमबाप्पेलाई भित्र्याउने साउदीको चाहाना पनि अधुरै रहने भएको छ । साउदी क्लब अल हिलालले गरेको विश्व कीर्तिमानी मेगा अफरलाई एमबाप्पेले अस्वीकार गरेका छन्। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध रहेका एमबाप्पेलाई भित्र्याउनका लागि अल हिलालले विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउन्डको प्रस्ताव गरेको थियो।

अल हिलालको उक्त प्रस्तावमा सहमति जनाउँदै पीएसजीले एमबाप्पेसँग थप वार्ता गर्न स्वीकृति दिएको थियो। पीएसजीको उक्त स्वीकृतीसँगै एमबाप्पेका एजेन्टलाई अल हिलालसँग कुराकानी गर्ने बाटो खुलेको थियो। तर एमबाप्पेले अहिले नै युरोप छाडेर साउदीको प्रो लिगमा नजाने भन्दै ठाडै अस्वीकार गरेपछि हिलालको प्रयास विफल भएको छ ।

फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका २४ वर्षीय एमबाप्पेको पीएसजीमा अझै एक वर्ष सम्झौता बाँकी नै छ। उनले एक वर्षपछि पीएसजीमा आफ्नो सम्झौता नलम्ब्याउने बताइसकेका छन्। जसकारण अहिले नै एमबाप्पेलाई बेचेर महँगो रकम लिने दाउमा पीएसजी लागेको छ। तर पीएसजीको त्यो चाहानालाई पनि एम्बाप्पेले पूरा हुन् नदिने देखिएको छ ।

यदिन एम्बापे साउदी गएको भए पीएसजीले पनि सम्झौता अवधिको मोटो रकम पाउने थियो । सम्झौता नलम्ब्याउने बताएका एमबाप्पेलाई पीएसजीले प्रि–सिजनको टोली घोषणा गर्दा बाहिरै रोखेको थियो। त्यसपछि एमबाप्पे र पीएसजीको दूरी झनै बढेको छ। एक वर्षपछि सम्झौता सकिने भएकाले त्यतिबेला सित्तैमा स्टार खेलाडी एमबाप्पेलाई छाड्नुपर्ने भएकाले पीएसजी अहिले नै कुनै पनि हालतमा एमबाप्पेलाई बेच्ने रणनीतिमा छ।

इंग्लिस क्लब लिभरपुल, चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, सिरी ए क्लब इन्टर मिलान, ला–लिगा रियल मड्रिड अहिले एमबाप्पे भित्र्याउने रणनीतिमा लागेका छन्। यो एमबाप्पे भित्र्याउने दौडमा अहिले सबैभन्दा अगाडि इंग्लिस क्लब लिभरपुल छ। लिभरपुलले लोनमा एमबाप्पेलाई भित्र्याउन चाहेको र त्यसका लागि धेरै विषयमा कुराकानी भइरहेको दाबी स्पेनिस स्पोर्ट्स् पत्रिका मार्काले उल्लेख गरेको छ।

यसका लागि लिभरपुल र पीएसजीबीच कुराकानी भइरहेको दाबी गरिएको छ। योसँगै एमबाप्पे जानसक्ने दोस्रो बलियो विकल्पको रुपमा रियल मड्रिडलाई हेरिएको छ। यसअघि अर्को सिजनको अन्त्यमा पीएसजी छाड्ने र रियल मिड्रिड जाने इच्छा स्वयम् एमबाप्पेले व्यक्त गरेका थिए। रियल मड्रिडसँग भने अहिले खेलाडी खरिद तथा लोनका लागि जम्मा २३० मिलियन युरो अर्थात १९८ मिलियन पाउण्ड रकमको मात्रै बाउन्ड्री छ।

यो भन्दा बढी रकम खर्च गरेको अवस्थामा ला–लिगाले रियललाई कारबाही गर्नेछ। अहिले महँगो रकम लिएर एमबाप्पेलाई बेच्न नसकेको अवस्थामा महँगो रकम लिएर एक वर्षका लागि लोनमा भए पनि पठाउने रणनीतिमा पीएसजी छ। जसकारण लोनमा भए पनि एमबाप्पे पीएसजी जानसक्ने बताइन्छ। यदि भनेअनुसार कुनै क्लबमा आबद्ध नभएको अवस्थामा अबको एक सिजन एमबाप्पे पीएसजीमै बस्नुपर्ने हुन्छ।

किनकि पीएसजीसँग उनको १ वर्ष सम्झौता बाँकी नै छ। सन् २०१७ मा १६५.७ मिलियन पाउन्डमा मोनाकोबाट पीएसजीले एमबाप्पेलाई अनुबन्धन गरेको थियो। एमबाप्पे विगत ६ वर्षदेखि पीएसजीको मुख्य खेलाडीको रुपमा रहँदै आएका छन्। यो समयमा उनले २६० खेल खेल्दै २१२ गोल गरेका छन्। पाँच लिग वान र गोल्डेन बुट समेत एमबाप्पेले जितेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।