भात धेरै खाएर सुगर हुन्छ, माछा-मासु र घिउले होइन

डाक्टर प्रदीपकृष्ण श्रेष्ठ,डायबेटिज रोग विशेषज्ञ

संसारभरि ‘टाइप टु’ डायबेटिजले महामारीको रूप लिँदै छ। नेपालमा पनि यो घर-घरको व्यथा भइसकेको छ।

चार प्रकारका डायबेटिजमध्ये दोस्रो प्रकारको डायबेटिज महामारी बन्ने खतरा छ। पहिला शारीरिक व्यायाम धेरै हुन्थ्यो। मानिसहरू कडा परिश्रम गर्थे। अहिले श्रम गर्ने चलन कम हुँदै गएको छ, तर खाना भने घटेको छैन।

हलो जोत्ने, हिँड्ने, बारीमा कुटो कोदालो गर्दा अन्न टन्न खाए पनि असर गरेको थिएन। खानाले शक्ति दिन्छ। हिजोआज खाना धेरै अनि शक्ति खर्च कम हुन थालेको छ। त्यसले गर्दा शरीरमा धेरै बोसो जम्मा हुन थालेको छ। खानपिन र व्यायाममा सन्तुलन नभएर डायबेटिजका बिरामी बढिरहेका छन्।

पहिला जंगलमा शिकार गरेर खान चलन थियो। त्यो बेलामा कति दिनसम्म भोकै बस्नुपर्थ्यो। तर अहिले भोकै बस्ने चलन हराएको छ। पहिला त तीन पटक खाने चलन थियो तर अहिले जतिबेला पनि खाने चलन छ। तनावग्रस्त जीवनशैली अनि खानाको कारणले समस्या भएको छ। अहिले व्यायाममा केही चेतना आएको छ, तर खाने कुरामा अझै सचेतना आएका छैनन्।

खेतबाट सिधै ल्याएर अलि सफा गरेर मात्रै खाने चलन थियो। तर अहिले मेसिनमा लगेर केमिकलसमेत राखेर खाने परिपाटी बढेको छ। जसले गर्दा बोसो झन् धेरै बढ्ने गरेको छ। खाना खाइरहेको छ, पचिरहेको छ, भण्डार भइरहेको छ तर खर्च भएको छैन।

उपवास बस्दा भण्डार केही घट्छ जसले गर्दा शरीरलाई फाइदा हुन्छ। भोक लागेपछि मात्रै खानुपर्छ। भोकै लागेको छैन तर मेरो समय आयो भनेर खाने होइन। समय आएपछि भन्दा पनि भोक आएपछि खानुपर्छ। यसले शरीरमा बोसो बढ्न दिँदैन भने मोटोपना समेत हुँदैन। माछा, मासु, अन्डा अनि घिउ तेलबाट पेट लाग्ने होइन, अन्नबाट लाग्ने हो। अन्न बढी भयो भने पेट लाग्ने हो। धेरै भात खायो भने पेट लाग्छ।

बोसो लागेको अन्नका कारण हो त्यसैले अन्न कम गर्नुपर्‍यो। अन्न धेरै खान मन छ भने शारीरिक परिश्रम धेरै गर्नुपर्छ। काम गर्नेले टन्न खान सक्छ।

हामी नेपालीको समस्या भनेकै अन्न धेरै खानु हो। हामीले चाहिनेजति प्रोटिन खाँदैनौं। त्यसैले तरकारीबाट शक्ति लिनुपर्छ, भातबाट होइन। नेपालीहरू खाना खाँदा अनुशासनमा रहँदैनन्। खाना र व्यायामको सन्तुलन नमिल्दा समस्या परेको छ। नयाँ प्रविधि अपनाउने अनि खाना खाने र काम गर्ने शैली पुरानो अपनाउनुपर्छ। यसले डायबेटिजबाट जोगाउन धेरै मद्दत गर्छ।

(प्राध्यापक डाक्टर श्रेष्ठ नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन्।)-सेतोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।