कोशीमा गठबन्धन दललाई माओवादीबाटै काउन्टरको खतरा

काठमाडौं, १५ साउन । कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले आह्वान गरेको समय सीमा भोलि (मंगलबार) बेलुका ५ बजे सकिँदै छ । प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दु्ईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने प्रदेश सभामा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न भनिएको छ ।

कोशीमा कुनै दलको पनि स्पष्ट बहुमत छैन । कूल ९३ सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धन दलहरुमा सभामुख बाहेक ४६ सिट रहेको छ । भने प्रतिपक्षी दलहरुसँग एमाले ४० र राप्रपा ६ गरी ४६ सिट नै रहेको छ । यस्तो अवस्थामा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि बहुमतको दाबी पेश गर्ने सत्ता गठबन्धन दलका नेताहरुले छलफल गरेपनि सभामुख गौतम यो विषयमा त्यत्ति सकारात्मक नरहेको बताइएको छ । सभामुख गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ं‘प्रचण्ड’ लाई भेटेर कुनै पनि हालतमा राजीनामा नदिने निर्णय सुनाएकोसमेत स्रोतले बतायो ।

सरकार गठनका लागि बहुमत कठिन भएपछि सर्वदलीय सरकारको कुराले पनि प्रश्रय पाएको छ । साथै, माओवादीभित्रका केन्द्रीय नेताहरुनै कोशी प्रदेशमा सर्वदलीय सरकारको पक्षमा लविङ गरिरहेका छन् । सभामुखले राजीनामा दिएर सत्ता गठबन्धनको सरकार बनेपनि त्यो दीगो हुन नसक्ने माओवादीका केन्द्रीय नेताहरुको आकलन छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता एवं कामचलाउ मुख्यमन्त्री हिक्मत कार्कीले भेट गरेर कोशी प्रदेश सरकार गठनबारे छलफल गरेका छन् ।

कार्कीसँगको छलफलमा उपमहासचिव पुनपनि कोशीमा वामपन्थीहरुको सरकार बनाउन पर्ने निष्कर्षमा पुगेको बताईएको छ । उनले यस विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लविङ गर्ने वचन दिएको बताईको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।