प्रचण्डलाई काउन्टर दिनेगरि अघि बढे वर्षमान, कोशीमा एमालेको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने संकेत

काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक भोलिबाट सुरू हुँदैछ । माओवादीले पनि नेपाली कांग्रेसको जस्तै बैठक प्रत्यक्ष–प्रसारण गर्ने भएको छ । तर, बैठकको मुखमा अध्यक्ष पुष्पकमल दाहाललाई केही नेताहरुले चूनौति दिनेगरि मुभ गरेका छन् ।

खासगरी अध्यक्ष प्रचण्डले पार्टीमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भित्र्याउने तयारी गरेपछि बिच्किएका उपमहासचिवहरु जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेतले अध्यक्ष प्रचण्डलाई चूनौति पेश गर्ने तयारी गरेका हुन् । पछिल्लो समय उपमहासचिवत्रय मिडियामा नेतृत्वविरुद्ध एक ढिक्क भएर प्रस्तुत भएको प्रचण्डको सचिवालयको निश्कर्ष छ ।

प्रचण्डले रैथाने माओवादीले भन्दापनि आफूलाई साथ छोडेका र अहिले फेरि जोडिन लागेका माओवादीहरुले नै बचाउ गरेको भन्ने अभिव्यक्ति दिएपछि शर्मा, पुन र बस्नेत नेतृत्वविरुद्ध एक ढिक्का भएको चर्चा छ ।

अहिले कोशी प्रदेशमा सरकार गठनको सकस देखिएको छ । सत्ता गठबन्धन र नेकपा (एमाले) दुवैले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि दौडधुप गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीबाट सभामुख रहेका बाबुराम गौतमलाई राजीनामा गराएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनको लागि पहल लिएका थिए ।

तर, गौतमले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् । उनले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । दाहालको प्रस्तावलाई उनले लत्याउनुको कारण उपमहासचिव वर्षमानको मुभ रहेको बुझिएको छ। वर्षमानले भने कोशीमा वामपन्थीहरुको नेतृत्वमा सरकार बनाउनुपर्ने मत राखेका छन् ।

उनले आजै एमालेबाट मुख्यमन्त्री भैसकेका हिक्मत कार्कीलाई भेटेका छन् । पुनले एमालेकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने राय राखेको कुरा मिडियामा आएको छ। पुनले नेतृत्वको तयारी एकातिर भैरहेको बेलामा त्यसलाई चूनौति दिनेगरि अर्को मुभ गर्नुले पनि माओवादीभित्र नेतृत्वविरुद्ध निर्णायक विद्रोह हुन लागेको संकेत गर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।