महिला विश्वकपमा हजार गोल !

काठमाडौँ । महिला विश्वकपमा फुटबलमा जाम्बियाको खासै गतिलो इतिहास छैन । हाल अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी नवौं संस्करण नै महिला विश्वकपमा जाम्बियाको पहिलो सहभागिता हो ।

यसअघि छनोट चरण खेले पनि जाम्बिया महिला विश्वकपमा छनोट हुन सकेको थिएन । नवौं संस्करणमा पनि जाम्बिया नकआउट चरणमा पुग्न सकेन । समूह ‘सी’ मा यो अफ्रिकी राष्ट्र तीन अंकसहित तेस्रो भयो ।

उक्त समूहबाट जापान र स्पेन नकआउट चरणमा पुगे । आफ्नो पहिलो खेलमा जापानसँग ५—० गोलले पराजित भएको जाम्बिया दोस्रो खेलमा स्पेनसँग पनि ५—० गोलले नै हार्‍यो ।

तर, सोमबार खेलिएको समूहगत चरणको तेस्रो खेलमा भने जाम्बियाले कोस्टारिकालाई ३—१ गोलले हरायो । महिला विश्वकपको इतिहासमा जाम्बियाको यो पहिलो जित थियो । त्यसैले जाम्बियाको घरेलु फुटबलका लागि यो ऐतिहासिक क्षण थियो ।

तर, विश्व खेलकुदमा एउटा कथन चर्चित छ, ‘इतिहास रच्नका लागि उपाधि चुम्नु आवश्यक छैन ।’ सोमबारको खेलमा जाम्बियाकी एक खेलाडीको लागि पनि यो भनाई सार्थक बन्न पुग्यो ।

जाम्बियाकी बार्बरा बान्डाले कोस्टारिकाविरुद्धको खेलको ३१ औं मिनेटमा गोल गरिन् । बार्बरा बान्डाले पेनाल्टीमार्फत गोल गरेकी थिइन् । जाम्बियन टोलीको जितमा त्यो एउटा सामान्य गोलमात्र थियो । तर, समग्र महिला विश्वकपको इतिहासमा भने त्यो निकै महत्वपूर्ण गोल थियो ।

संयोगले बार्बरा बान्डाले गरेको त्यो गोल महिला विश्वकपको इतिहासमा भएको १००० औं गोल थियो । त्यसैले महिला विश्वकपको इतिहासमा १०००औं गोल गर्ने खेलाडीको रुपमा २३ वर्षीया बार्बरा बान्डाको नाम दरिन पुगेको छ ।

उनी जाम्बियाकी कप्तान पनि हुन् । उनले पेनाल्टीमा कोस्टारिकाकी गोलरक्षक ड्यानिएला सालेरालाई छक्याउँदै उक्त गोल गरेकी थिइन् । सोही गोलका कारण महिला विश्वकपमा १०००औं गोल खाने गोलरक्षक बन्न पुगिन्, कोस्टारिकाकी सोलेरा ।

बार्बरा बान्डाले गोल गर्नासाथ विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपको १०००औं गोल गरेको भन्दै उनलाई बधाई दिएको थियो । फिफाले सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिएको हो ।

पेनाल्टी प्रहार गर्नुअघि नै उनलाई यो कुराको जानकारी भने थियो । ‘यो कुरा पेनाल्टी प्रहार गर्नुअघि नै मलाई थाहा थियो । त्यसैले पनि म यो अवसरलाई कुनै पनि हालतमा सदूपयोग गर्न चाहन्थें । यो मेरा लागि मात्र होइन, मेरो देशका लागि पनि महत्वपूणर् उपलब्धि हो,’ खेलपछि बार्बरा बान्डाले भनेकी छन्, ‘अब हामी महिला विश्वकपबाट एउटा महत्वपूणर् उपलब्धि लिएर स्वदेश फर्किने छौं ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।