सबै नेता बिग्रिए भन्नु गलत: अध्यक्ष ओली

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताएका छन्।

अध्यक्ष ओलीले सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता खालका लेख, रचना सम्प्रेषित नगर्न पनि साहित्यकारहरुलाई आग्रह गरेका छन्।

उनले अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत गनेर महिलाहरुको दाँत २८ हुन्छ भनेजस्तै हाम्रा स्रष्टाहरुले पनि सबै नेताहरुलाई बिग्रिएको भन्नु उस्तै हुने बताए।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘युगदूत’ नामक पुस्तक विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले साहित्यकार वासुदेव अधिकारीद्वारा लिखित ‘सबै नेता बिग्रिए’ शीर्षक कविताको रचनालाई उद्धृत गर्दै सो कुरा बताएका हुन्।

उनले स्रष्टाहरुलाई कतिपय नेताहरु बिग्रिएको कुरा सत्य भएकाले त्यस्ता तथ्यलाई आत्मासाथ गरेर साहित्यिक सृजना गर्न सुझाव समेत दिएका छन्। तर सबै नेताहरु बिग्रिएको भन्न नमिल्ने उनको तर्क थियो। अध्यक्ष ओलीले राजनीतिमा जे पनि हुन्छ भन्न नमिल्ने जिकिर गरे। राजनीति सबै नीतिहरुको पनि मुल नीति भएकाले यसमा ढाँटछल, धोका आदि हुनै नहुने उनकाे भनाइ थियाे।

त्यस अवसरमा ओलीले नेपालले सामाजिक न्याय र समानताको क्षेत्रमा विकसित देशहरुले भन्दा बढी प्रगति गरेको दाबी समेत गरे। महिलाहरुले ३३ प्रतिशतको सहभागिता जनाउने कुराको दृष्टान्त दिँदै उनले सो कुरा बताएका हुन्।

अध्यक्ष ओलीले सुन्दर भविष्यतर्फ मुलुक अघि बढीरहेको उल्लेख गर्दै त्यसका लागि तिब्र गतिका साथ काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।