महिनावारी सुरू हुने र रोकिने उपयुक्त समय कुन हो? (भिडिओ)

डा. सुप्रभा केसी,स्त्री तथा प्रसूति रोग विशेषज्ञ
महिनावारी सुरू हुने उपयुक्त समय भनेको ११ देखि १५ वर्षको उमेरमा हो। तर अहिले वातावरणीय परिवर्तन, पर्याप्त पोषणयुक्त खानाले अलि चाँडो हुन थालेको छ। कोही ९ वर्षकै उमेरमा पनि महिनावारी हुन्छन्।

नेपालको सन्दर्भमा १० वर्ष उमेरभन्दा अघि महिनावारी भयो भने यसको कारण खोज्नुपर्छ। तर ९० प्रतिशतको कारण भेटिँदैन। विशेष अवस्थामा ट्युमर र हर्मोनका कारण चाँडो महिनावारी हुन सक्छ।

चाँडै महिनावारी हुँदा शरीरमा कुनै असर देखिँदैन। तर कतिपय बालिकाहरू मेरो चाँडो महिनावारी भयो भनेर आफूलाई असुरक्षित महसुस गर्न सक्छन्।

सुरूमा महिनावारी हुँदा रगत धेरै जाने, पेट बढी दुख्ने र महिनावारी नियमित नहुने हुन सक्छ। त्यस्तै लामो समयसम्म रगत जाने हुन सक्छ।

१५\१६ वर्षको उमेरसम्म पनि महिनावारी भएन भने स्वास्थ्य परीक्षण गर्नुपर्छ। कहिलेकाहीँ पाठेघर समेत नभएको पनि हुन सक्छ।

महिनावारीमा गडबडी भएमा धेरै तनाव हुन सक्छ। कहिलेकाहीँ तौल साह्रै धेरै र साह्रै कम भयो भने पनि महिनावारी गडबडी हुन्छ। ट्युमरका कारण समेत यस्तो हुन सक्छ।

महिनावारीमा धेरै पेट दुख्छ भने औषधि खान सकिन्छ। हल्का मात्र दुखेको छ भने घरेलु उपचारबाट ठीक हुन्छ। जस्तो, तातोपानी खाने, झोलिलो पदार्थ खाने र व्यायाम गरेर ठीक हुन सक्छ।

कहिलेकाहीँ महिनावारी रोक्न औषधि खाने चलन छ। यो औषधि खानै नहुने भन्ने होइन तर खाने भन्दैमा सबैले खानुपर्छ भन्ने छैन। कहिलेकाहीँ खाने भएकाले यसको गम्भीर ‘साइड इफेक्ट’ छैन। कलेजोको समस्या, रगत जम्ने समस्या र टाउको दुख्ने समस्या भएकाले भने लिनै हुँदैन।

सामान्यतया ४२\४३ देखि ५७ वर्ष उमेरसम्म महिनावारी रोकिनुपर्छ। ४० वर्षभन्दा पहिला रोकियो भने परीक्षण गर्नुपर्छ। ५५ वर्षभन्दा पछाडिसम्म रोकिएन भने पनि स्वास्थ्य परीक्षण गर्नुपर्छ।

महिनावारी रोकिने समयमा केही समस्याहरू देखिन्छन्। त्यस्तो बेला महिनावारी गडबडी हुने, रगत धेरै बग्ने, रक्त अल्पता हुने, झिँजो लाग्ने, निद्रा नपर्ने, मनमा अनेक कुरा खेल्ने लगायतका कुरा हुन्छन्। महिनावारी रोकिएपछि हड्डी खिइने लगायतका समस्या देखिन्छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖