एमालेमै फर्किए नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्ली उप्रेती

काठमाडौँ – सर्लाही घर भएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमै फर्किएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले जानकारी दिए । एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवास बालकोट पुगेका थिए । त्यस क्रममा उप्रेतीले ओलीसँग १० मिनेट छुट्टै वार्तासमेत गरेको वाग्लेले जानकारी दिए ।

एमाले छाडेका उप्रेतीसहितका नेतालाई पुनः पार्टीमा फर्काउन पार्टीका मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, एमाले सांसद हरि उप्रेती, ज्वाला साहलगायत नेताले सर्लाहीमा मेहनत गरिरहेका थिए ।

तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उप्रेती ०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको टिकट नपाएपछि ओलीसँग रूष्ट थिए । सोही वर्ष भएको प्रदेशसभा निर्वाचनमा भने एमालेले उनलाई उम्मेदवार बनाएको थियो ।

त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उनी सर्लाही ३ (क) बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । ४ मंसिर ०७९ मा एकीकृत समाजवादीबाट पुनः प्रदेश सांसदको टिकट पाएका उप्रेतीले चुनाव हारे ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार उप्रेती माओवादी केन्द्रले साथ नदिँदा पराजित भएका थिए । माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेका जवाहरलाल कुशवाहासँग हारेपछि उनी एमालेसँग नजिकिन थालेका थिए ।

अध्यक्ष ओलीसँगको एक्लाएक्लै कुराकानीमा एमालेमा फर्किंदा आफ्नो ‘पोजिसन’ के हुने भन्ने विषयमा पनि कुराकानी भएको उप्रेतीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।