कोशीमा सभामुखलाई राजीनामा गराएर उद्धव थापालाई मुख्यमन्त्री बनाउने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनबीच कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सभामुखलाई राजीनामा गराएर आफ्नै नेतृत्वमा सरकार गठनको प्रक्रिया थाल्ने अनौपचारिक सहमति गरेको माओवादीका एक नेताले जानकारी दिए ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समय आज सकिँदैछ । सत्ता गठबन्धनले राप्रपासँग सहकार्यको प्रयास गरेपनि सफल नभएपछि माओवादीबाट सभामुख बनेका गौतमलाई राजीनामा गराएर सरकारको नेतृत्वमा दाबी पेस गर्ने तयारी गरेको हो ।

सत्ता गठबन्धनले यसअघिका मुख्यमन्त्री कांग्रेसका उद्धव थापाकै नेतृत्वमा सरकारमा दाबी गर्ने भएको छ । उम्मेदवारबारे टुंगो नलागे पनि पूर्वसहमति अनुसार थापाकै नेतृत्वमा सरकारमा दाबी गर्ने अनौपचारिक सहमति भएको छ ।

सर्वोच्च अदालतले थापालाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति बदर गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले बहुमत पुर्‍याएर आजसम्ममा मुख्यमन्त्रीको दाबी पेस गर्न दलहरुलाई समय दिएका छन् ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर सभामुखबाहेक कांग्रेस-माओवादी गठबन्धनमा ४६ प्रदेशसभा छन् भने एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्य छन् । दुवै पक्षसँग बराबर प्रदेशसभा सदस्य संख्या भएकाले सत्ता गठबन्धनले सभामुखलाई राजीनामा गराएर बहुमत पुर्‍याउन चाहेको हो ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज साँझ पाँच बजे सकिँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।