महानगरद्वारा तेक्वान्दो खेलाडीको विदाई

विराटनगर । सातौं ददिक्षण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ ।

यही अगस्त ४ देखि भारतो हैदरावादमा हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको एक समारोहका बीच महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले विदाई गर्नुभयो । कोशी प्रदेशबाट १० जना खेलाडी र ३ जना रेफ्रीले प्रतियोगितामा सहभागिता जनाउने नेपाल तेक्वान्दो संघ कोशी प्रदेशका अध्यक्ष प्रविण कार्कीले जानकारी दिनुभयो । भारत जाने टोलीमा कार्कीसहित रेफ्री राजेन्द्र धिमाल र चन्द्रबहादुर तामाङसमेत रहनु भएको छ ।

त्यस्तै रजिना मगर भोजपुर, वीरबहादुर तामाङ भोजपुर, आलोक राई पाँचथर, रोशन मगर झापा रहनु भएको छ । त्यस्तै मोरङबाट नितेश खवास, केरिसा आचार्य, सविना मगर, सोमबहादुर राजवंशी, श्यामप्रसाद बास्कोटा, कुसुम राजवंशीले प्रतियोगितामा सहभागिता जनाउने कार्कीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।