कोशीका सभामुखले दिए राजीनामा

काठमाडौं,१६ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन । मंगलबार गौतमले उपसभामुख सिर्जना दनुवारलाई इमेलमार्फत राजीनामा पठाएको उच्च स्रोतले जनाएको छ ।

गौतम तत्कालिन प्रदेश नम्बर १ को सभामुखमा गत पुस २८ गते प्रदेश सभाबाट निर्विरोध निर्वाचित भएका थिए ।

गत असार २१ गते नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई समर्थन गरेपछि तिब्र आलोचनाको सिकार भएका गौतम सर्वोच्चले आफ्नो कदम असंवैधानिक ठहर गरेपछि दलहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै आइरहेका थिए । तर नयाँ सरकारमा दाबी गर्न बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनले उनलाई राजीनमा गराएर आजै मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ ।

कुनैपनि हालतमा राजीनामा नदिने अड्डी कसेका गौतमलाई केन्द्रीय नेतृत्वले बारम्बार राजीनामा दिन दबाब दिएपछि बाध्य भएर राजीनामा दिएको माओवादी केन्द्रका एक नेताले बताए ।

उनलाई सरकारमा मन्त्री बनाउने शर्तमा राजीनामा दिन मनाइएको गठबन्धनका नेताहरूले बताएका छन्।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कांग्रेसका २९,सभामुखसहित माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ पुग्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।