पहिचानको आधारमा पुनः नामकरण गर्ने प्रतिबद्धता नआए कोशीमा जसपाले समर्थन नदिने

विराटनगर । कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले दिएको समय सीमा सकिन लाग्दा सत्तागठबन्धनमा खटपट देखिएको छ ।

बहुमतको सरकार दाबी गर्ने समय सकिन डेढ घण्टा बाँकी रहँदा गठबन्धन घटक जनता समाजवादी पार्टीले आफ्नो शर्त अघि सारेपछि नेताहरू अलमलमा परेका हुन् ।

जसपा कोशी प्रदेशका अध्यक्ष दीपक याक्खाले माओवादी र कांग्रेसकै बीचमा सरकार गठनका विषयमा कुरा नमिलेको दाबी गरे ।

उनले भने, अहिले पनि छलफल चलिरहेको छ । ठूला दलहरूकै बीचमा कुरा नमिलेकाले हाम्रो माग र एजेन्डाका विषयमा त कुरा नै भइकझ छैन । पहिचानसहित प्रदेशको पुन: नामकरणको हाम्रो एजेण्डा सम्बोधन हुनुपर्छ ।’

मुख्यमन्त्री को बन्ने भन्ने विषयमा कांग्रेस र माओवादीबीच नै विवाद रहेको उनको जिकिर छ ।

प्रदेशको पुन: नामकरण पहिचानको आधारमा गर्ने विषयमा सरकारको नेतृत्व गर्ने दलहरूले प्रतिबद्धता नजनाएसम्म सरकारलाई समर्थन नदिने याक्खाले बताए ।

कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकार गठनको कसरतमा छ । तर, बाबुराम गौतमले अहिलेसम्म राजीनामा गरेका छैनन् । उनी अहिले काठमाडौंबाट विराटनगर आउँदै छन् ।

उनले राजीनामा दिने विषयमा विराटनगरमा आएरमात्रै बोल्ने बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।