किन भयो माधव नेपालसंग झांक्रीको बोलचाल बन्द ! कारण यस्तो रहेछ

काठमाडौं, १६ साउन । नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री अहिले निश्क्रिय छिन् । झाँक्रीले पूरानै घर (एमाले) मा फर्कने मन बनाएको कुरा यसअघि नै चर्चामा आएको थियो । तर, पछिल्लो समय उनको अध्यक्ष माधवकुमार नेपालसँग त्यति सुमधुर सम्बन्ध छैन् । आफूलाई नेतृत्वले बेवास्ता गरेको उनको गुनासो छ ।

अध्यक्ष नेपालले पार्टी पनि एकलौटी ढंगले चलाएको भन्ने उनको आरोप छ । नेतृ झाँक्रीले एमाले नेताहरुसँग सम्पर्क बढाएकी छिन् । पछिल्लो समय उनले योगेश भट्टराईसँग एमाले फर्किनेबारे अलिक लामो बहस गरेको स्रोतको दाबी छ । चुनाव सकिएलगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको खुलासा गरेकी थिईन् ।

तर, त्यतिवेला भने उनले एमालेमा फर्कनको लागि भन्दापनि वामपन्थीहरुकै नेतृत्वमा सरकार बनाउन र माधव नेपाललाई राष्ट्रपति बनाउने र एमालेसँग पार्टी एकता गर्नेबारे छलफल गरेको बताईएको छ । झाँक्री नेकपा (एस) मा भूमिकाविहीनजस्तै छिन् । उनको अहिले अध्यक्ष माधव नेपालसँग पनि राम्रो सम्बन्ध छैन् ।

खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री हुँदा माधव नेपालले अपमानजनक ढंगले फिर्ता बोलाएकोमा उनले भेटेरै आक्रोश पोखेकी थिईन् । नेपालले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिन दिने भन्दै अहिले नहटाउने वचन दिएपनि पछि थाहै नदिई सरकारबाट फिर्ता बोलाएको उनको गुनासो रहँदै आएको छ । अहिले भने उनले एमालेमा नै फर्कने मन बनाएको र त्यसको लागि अन्तिम तयारी गरिरहेको उनीनिकट स्रोतको दाबी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।