ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा सन्दीप सम्मिलित टिम विजयी

काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपाली खेलाडी सम्मिलित टिमले मिश्रित नतिजा निकालेका छन् ।

सन्दीप लामिछाने सम्मिलित सर्रे जागुएर्सले ब्राम्पटन वल्भ्सलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ भने दीपेन्द्र सिंह ऐरी सम्मिलित मोन्ट्रिएल टाइगर्स भ्यानकुभर नाइट्ससँग पराजित भयो । हार पछि पनि टाइगर्स शीर्ष स्थानमै छ ।

गएराति भएको पहिलो खेलमा सन्दीप सम्मिलित जागुएर्सले ब्राम्पटन वल्भसलाई ६ विकेटले हरायो । यस खेलमा ३ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन् । उनले २५ रन खर्चिए ।

यद्यपि सर्रे जागुएर्सले ब्राम्पटनलाई १२८ रनमै रोकेको थियो । जसमा अमर खालिद, म्याथ्यु फोर्ड र आयान खानले समान २ विकेट लिए ।

१२९ रनको लक्ष्य जागुएर्सले १८.१ ओभरमा ४ विकेट गुमाएर १३२ रन बनाउँदै पूरा गर्‍यो । जसमा विकेटकिपर लिट्टन दासले सर्वाधिक ५९ र कप्तान इफ्तिखर अहमदले अविजित ३८ रन बनाए । २१ रनमै ३ विकेट गुमाएको अवस्थामा लिट्टन र इफ्तिखरले ९९ रनको साझेदारी गरे ।

तेस्रो जितपछि ६ खेलबाट ८ अंक जोडेर जागुएर्स दोस्रो स्थानमा उक्लेको छ । ७ खेलबाट ८ अंक नै रहेको ब्राम्पटन तेस्रो स्थानमा झरेको छ ।

उता शीर्ष स्थानको मोन्ट्रिएल टाइगर्स भने भ्यानकुभरसँग सजिलै ९ विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको टाइगर्सले १८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भएको थियो ।

टाइगर्सका लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक २८ रन बनाए भने दीपेन्द्रले २४ रन बनाए । उनले २७ बल खेल्दै ३ चौका प्रहार गरे । तर अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

कप्तान क्रिस लिन शून्यमा आउट हुँदा आन्द्रे रसेलले १२ रन मात्र बनाए । भ्यानकुभरका जुनैद सिद्दिकी र रुबेन ट्रम्पलमेनले समान ३ तथा कोर्बिन बोसले २ विकेट लिए ।

१०० रनको लक्ष्य भ्यानकुभरले १४.४ ओभरमै १ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनर मोहम्मद रिजावानले अविजित ३६ रन बनाए । यस्तै कोर्बिन बद्दसले अविजित २८ रन जोडे । फखर अमान ४ रनमा आउट भए ।

आन्द्रे रसेलले १ विकेट लिए । दीपेन्द्रले बलिङ गर्न पाएनन् ।

लिगमा दोस्रो हार बेहोरेको टाइगर्स ७ खेलबाट ९ अंकसहित शीर्ष स्थानमै यथावत छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।