साडियो माने पनि अल नासर पुगे, अब रोनाल्डोसँगै खेल्ने
काठमाडौं । स्ट्राइकर साडियो माने साउदी प्रो विग क्लब अल नासरमा अनुबन्धित भएका छन् ।
अल नासरले मंगलबार मानेलाई अनुबन्ध गर्दै कलबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ ।
जर्मन क्लब बायर्न म्युनिख छाड्दै माने साउदी क्लब पुगेका हुन् । मानेले अल नासरसँग चार वर्षको लागि सम्झौता गरेको क्लबले जनाएको छ । उनले पाँच पटकको बालोन डे’ओर विजेता क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् ।


