माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
काठमाडौं, साउन १७ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन स्थायी कमिटी बैठक बसेको हो ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदनमाथी छलफल भईरहेको छ ।
बैठकमा मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमासमेत छलफल भईरहेको छ ।


