भारतले वेस्ट इन्डिजलाई दुई सय रनले हरायो

काठमाण्डौ – एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले पराजित गरेको छ । यो सँगै भारतले एकदिवसीय सिरिज २–१ ले जितेको छ ।

भारतले वेस्ट इन्डिजसँग लगातार १४ औँ शृङ्खला जितेको छ । वेस्ट इन्डिजविरुद्ध भारतको यो सबैभन्दा ठूलो जित हो ।

यसअघि सन् २०२२ मा भारतले वेस्ट इन्डिजलाई एक सय १९ रनले पराजित गरेको थियो ।

पोर्ट अफ स्पेनमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५१ रन बनाएको थियो ।

भारतलाई विशाल स्कोरमा पुर्याउनका लागि शुभमन गिलले ८५ रनको योगदान गरे । त्यस्तै ईशान किसनले ७७ रन बनाए । उनीहरुले एक सय ४३ रनको साझेदारी गरेका थिए । यस्तै सन्जु साम्पसनले ६९ रन बनाए भने हार्दिका पाण्ड्याले ५२ रन बनाए ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा मुकेश कुमारले सात ओभरमा ३० रन दिएर तीन विकेट लिए । त्यस्तै शार्दुल ठाकुरले चार विकेट, कुलदीप यादवले दुई र जयदेवले एक विकेट लिए ।

तीन सय ५२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर तीन बलमा एक सय ५१ रन बनाएर अलआउट भयो ।

अब भोलिदेखि ५ वटा टी २० खेल शुरु हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।