आगो भएर फर्किए नेयमार, पिएसजीलाई ल्याए ट्रयाकमा !

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमार लामो समय पछि मैदानमा उत्रिएका छन्। चोटका कारण सन् २०२२-२३ को आधा सिजन गुमाएका नेयमार लामो समय पछि प्रिसिजनको मैत्रीपूर्ण खेलका लागि मैदानमा उत्रिएका हुन्।

दक्षिण कोरियाली क्लब जिओनबुक एफसी विरुद्धको खेलमा नेयमारले पिएसजीका लागि उच्च प्रदर्शन गरे। दक्षिण कोरियाको बुसान रंगशालामा नेयमारमा दुई गोल गर्नुका साथै एक असिस्ट पनि दिए।

खेलमा भएका सम्पूर्ण गोलमा नेयमारको भूमिका थियो। पिएसजीले जिओनबुक एफसीलाई ३-० को गोल अन्तरले पराजित गर्यो। एसिया भ्रमणका क्रममा पिएसजीले हात परेको यो जित पहिलो रहेको छ।

पिएसजीले खेलभर बलमा राम्रो नियन्त्रण मात्र राखेन खुलेर आक्रमण पनि गर्यो। पिएसजीले खेलभर बलमा ६८ प्रतिशत नियन्त्रण राखेको थियो भने कुल १५ प्रहार गरेको थियो। जसमध्ये ८ प्रहार टार्गेटमा थिए। त्यस्तै जिओनबुक एफसीले भने खेलभर ८ प्रहार गरेको थियो। त्यसमा एक मात्र प्रहार टार्गेटमा थियो।

पिएसजीका लागि नेयमारले दुई गोल गर्दा मार्को एसेन्सियोले एक गोल गरे। नेयमारले ४० औं मिनेटमा पिएसजीलाई पहिलो अग्रता दिलाएका थिए। खेलको ८३ औं मिनेटमा दोस्रो गोल गरे। त्यस्तै खेलको ८८ औं मिनेटमा नेयमारको पासमा एसेन्सियोले गोल गर्दा पिएसजी ३-० ले विजयी हुन पुग्यो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।