चौधरीले भने- टिकापुर द्वन्द्व गराउनेहरूले मलाई समाप्त होस भन्ने चाहेका छन्

कैलाली । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले आफूलाई धेरै थारु अगुवाहरूले समाप्त होस् भन्ने चाहना राखेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले जेलबाट आफूलाई ननिस्कोस् भन्ने चाहना राख्नेहरूले अहिले पनि जेलमा रहेका अरू बन्दी नछुटुन् र आफू पनि समाप्त होस भन्ने चाहना राखेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरा धेरै थारु अगुवाहरू जेलबाट मलाई ननिस्कोस् भन्ने चाहना राख्दथे साथै अहिले पनि जेलमा रहेका अरू बन्दी कुनै पनि हालतमा नछुटुन् र रेशम चौधरी समाप्त होस भन्ने यिनको चाहना हो ।’

टिकापुरमा द्वन्द्व गराउने पनि उनीहरुनै रहेको चौधरीको आरोप छ । उनले राजबन्दीको नाममा फाइदा लिने र अहिले भाग नपाएर विरोध गर्ने गरेको टिप्पणी गरे ।

‘हिजो टिकापुर द्वन्द्व गराउने पनि यिनै हुन् । राजबन्दीको नाममा कुम्ल्याउने पनि यिनै हुन् । अहिले भाग नपाएर जथाभाबी भुक्ने पनि यिनै हुन्’ उनले लेखेका छन् ।

चौधरीले नङ्गाको कुनै इज्जत बेइज्जत नहुने र नाङ्गिएको मान्छे सधैँ अरूलाई नङ्ग्याउन प्रयत्नरत हुने गरेको उल्लेख गरेका छन् ।

0000

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।