मेस्सीको अटोग्राफ लिँदा जागिर चेट

मियामी । सुपरस्टार लियोनेल मेस्सीको अटोग्राफ लिने एक सफाइ कर्मचारीले आफ्नो जागिरबाट हात धुनु परेको छ । तर, जागिर गुमाएकोमा क्रिस्टियन सालामान्का दुःखी भने छैनन् ।

लियोनेल मेस्सी यो सिजन इन्टर मियामी पुगेपछि एमएलएसमा ठुलो चर्चा भइरहेको छ । विश्वकै महान् फुटबल खेलाडीको आगमनले डेभिड बेकहमको फुटबल क्लबको व्यवसाय उचाइमा पुगेको छ । ३६ वर्षीय खेलाडीको एक झलक पाउन फुटबल फ्यानहरूले तँछाडमछाड गरिरहेका छन् ।

सालामान्का पहिलोपटक इन्टर मियामी पुग्दा पहिलो भेटमा नै मेस्सीको अटोग्राफ पाउने भाग्यशाली मध्येमा परे । तर, यसका लागि उनले जागिर नै गुमाउनु पर्‍यो ।

ला नासियोनसँग कुराकानी गर्दै उनले भने, ‘मेरो काम बसहरू पार्क गर्ने क्षेत्रको बाथरुमहरू सफा गर्ने थियो । संयोगले जब खेलाडीहरूको बस आइपुग्यो म त्यहीँ थिएँ । खेलाडीहरू बसबाट उत्रेपछि मैले कराएँ, ‘हे, विश्व च्याम्पियन’ । मेस्सीले त्यसपछि मतिर फर्किए । मैले मेरो युनिफर्म उचालेर अर्जेन्टिनाको जर्सी देखाए ।

मैले उनलाई मार्कर दिएपछि उनले मेरो जर्सीमा अटोग्राफ दिए । तत्कालै सेक्यूरिटी आएर मलाई त्यहाँबाट लगे र मलाई जागिरबाट निकाले । तर, हरेक सेकन्ड मेरो लागि बहुमूल्य थियो ।’

धेरैले सालामान्कामाथि कठोर कारबाही भइरहेको भनिरहेका छन् । तर, कोलम्बियन नागरिकलाई इन्टर मियामीको नियमबारे जानकारी थियो । क्लबका कर्मचारीहरूले व्यावसायिकता प्रदर्शन गर्नुपर्ने र खेलाडी वा अन्यसँग फोटो वा अटोग्राफका लागि दुःख दिन नहुने भनिएको छ ।

यता, मेस्सी भने सो नियमबारे अनभिज्ञ थिए । अब मेस्सीले अगस्त ६ मा एफसी डालासविरुद्ध लिग्स कपको अन्तिम १६ मा खेल्दैछन् ।-गोलडटकम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।