एउटा पुस्ताकै अन्त्य

काठमाडौ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएसँगै नेपाली क्रिकेटमा एउटा पुस्ताको अन्त्य भएको छ।

सन् २०१० को दशकदेखि क्रिकेट खेलिरहेका नेपाली टोलीका उनी अन्तिम सदस्य हुन्। जसले शुक्रबार अन्तर्राष्ट्रिय करियरदेखि घरेलु प्रतियोगिता नै नखेल्ने घोषणा गर्दै संन्यास लिए। उनी पछिल्लो पुस्ताका उत्कृष्ट ब्याट्सम्यान हुन्। तर उनको करियर पूर्वकप्तान पारस खड्काको छायामा बित्यो। टोलीको नेतृत्वमा पनि उनी पारसको छायामै परे। उनी सन् २००६ देखि उमेरसमूहको नेपाली जर्सीमा देखिएका थिए। एसिया कपको तयारीका लागि श्रीलंकामा हाई पर्फमेन्स प्रशिक्षणबाट नेपाली टोली फर्किएको भोलिपल्ट (शुक्रबार) नै ज्ञानेन्द्रले क्रिकेट करियरबाट संन्यास घोषणा गरे। यसबीच अर्को संयोग पनि मिलेको छ।

अर्का पूर्वकप्तान पारस खड्का र उनको संन्यास घोषणा साउन १९ गते नै रह्यो। यद्यपि, ज्ञानेन्द्रले यो योजनाबद्ध नभई संयोग मात्र रहेको स्पष्ट पारेका छन्। क्रिकेट करियरबाटै संन्यास लिँदा उनी एकछिन भावुक बने। पत्रकार सम्मेलनमा आफ्नी पत्नीबाट निकै साथ पाएको उल्लेख गर्दै उनले आफ्नी छोरीलाई पनि सम्झिए। तर, छोरीको नाम लिँदा उनका आँखा रसाए र बोल्न सकेनन्। एकछिन लामो सास तान्दै आफ्नो क्रिकेट करियरका बारेमा उनले स्मरण गरिरहे। ‘यतिका वर्ष क्रिकेट खेलेँ। परिवर्तन प्रकृतिको नियम नै हो। यसलाई स्विकार्नुपर्छ र मैले महसुस गरेको कुरा पनि यही नै हो। अहिले बिदा लिने सही समय हो भन्ने लागेको छ,’ ज्ञानेन्द्रले संन्यासबारे आफ्ना धारणा राखे।

देशको झन्डा बोक्नु जीवनकै खुसीको क्षणको रूपमा लिएको उनले स्मरण गरेका छन्। साथै अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको पनि उनले उल्लेख गरेका छन्। आफ्नो क्रिकेट करिअरबाट पनि उनी सन्तुष्ट रहे। ‘राष्ट्रको आशा र सपनाको प्रतीक बनेर मैदानमा उत्रिँदा शतप्रतिशत दिने प्रयास गरेँ। आएका कठिन परिस्थितिलाई सिकाइका रूपमा लिएँ। समग्रमा निकै सन्तुष्ट छु,’ उनले भने। डिभिजन ६ देखि नेपालले ट्वान्टी–२० विश्वकपसम्मको यात्रा तय गर्दा ज्ञानेन्द्र नेपाली टोलीका महत्वपूर्ण सदस्य रहे। घरेलु क्लब यङ्गालबाट क्रिकेट खेल्न सुरु गरेका ज्ञानेन्द्रले उमेरसमूहदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएका हुन्।

डिभिजन ६ देखि नेपालले ट्वान्टी–२० विश्वकपसम्मको यात्रा तय गर्दा ज्ञानेन्द्र नेपाली टोलीका महत्वपूर्ण सदस्य रहे। घरेलु क्लब यङ्गालबाट क्रिकेट खेल्न सुरु गरेका ज्ञानेन्द्रले उमेरसमूहदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएका हुन्।

उनले सन् २००६ को यु–१९ विश्वकप पनि खेलेका थिए। सन् २००८ को यु–१९ विश्वकपमा भने उनी नेपाली युवा टोलीको उपकप्तान भए। सिनियर टोलीबाट पनि लामो समय ज्ञानेन्द्रले सोही जिम्मेवारी समाले। पछि उनी कप्तान पनि भए। तत्कालीन कप्तान पारस खड्काले राजीनामा दिएसँगै ज्ञानेन्द्र नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व (सन् २०१९ देखि २०२१ सम्म) गरे। यद्यपि, खेलाडीहरूको पारिश्रमिक विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) सँग विवाद बढ्यो। सोही विवादमा क्यानले उनलाई कारबाही गर्दै सो जिम्मेवारीबाट हटायो। त्यसपछि उनी सन्दीप लामिछाने र रोहित पौडेलको कप्तानीबाट खेल्दै आएका थिए।

खस्कँदो प्र्रदर्शनसँगै टोलीमा स्थान बनाउन उनी असफल हुँदै आएका थिए। कुनै समय आफूले पनि कोही खेलाडीलाई प्रतिस्थापन गरिरहेको उल्लेख गर्दै अहिले आफूले पनि ठाउँ छोड्नुपर्ने आवश्यकता महसुस गरेको उनको भनाइ छ। राष्ट्रिय खेलाडी भएपछि आफूले पूर्णरूपमा योगदान दिन नसक्दा बसिरहनु ठिक नरहने सोचेको उनले बताए। ‘मैले खेलाडीका रूपमा दिन जुन योगदान दिनुपर्ने हो। त्यो दिन नसकेपछि बिदा लिनुपर्छ भन्ने महसुस भयो। यो मैले अलि अगाडि नै सोचेको थिएँ। तर, सही समयको पर्खाइमा थिए। त्यो समय आज हो भन्ने लाग्यो,’ उनले संन्यासबारे भनेका छन्।

जिम्बाब्वेमा भएको विश्वकप छनोटमा पनि उनले दुई खेल मात्र खेल्ने अवसर पाए। विश्वकप छनोटको प्लेअफका खेलमा उनले आयरल्यान्डविरुद्ध ७ रन तथा संयुक्त अरब इमिरेट्स(युएई) विरुद्ध १३ रन बनाएका थिए। यो प्रदर्शनबाट उनी आफैं पनि सन्तुष्ट थिएनन्। त्यसैले पनि सन्ंयासबारे आफूले धेरै अगाडिदेखि नै सोचेको उनले प्रतिक्रिया दिए। तर उचित समयको पखाईमा रहेको र त्यो समय अहिले रहेको उनको बुझाइ छ।

उनी पछिल्लो पुस्ताका उत्कृष्ट ब्याट्सम्यान हुन्। तर उनको करियर पूर्वकप्तान पारस खड्काको छायामा बित्यो। टोलीको नेतृत्वमा पनि उनी पारसको छायामै परे।

नेपालले एकदिवसीय मान्यता पाएपछि ज्ञानेन्द्रले ३५ खेलबाट ८५६ रन बनाएका छन्। ४५ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पनि उनले ८८३ रन जोडे। ७५ वटा लिस्ट ‘ए’ मा उनले एक हजार आठ सय दुई रन जोडेका छन्। सन् २०१८ मा ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्धको खेलबाट डेब्यु गरेका थिए। सन् २०१९ मा मलेसियाविरुद्धको खेलमा नेपालका नियमित कप्तान पारस खड्काले चोटका कारण खेल गुमाउँदा मल्लले नेपाली टोलीको कप्तानको जिम्मेवारी सम्हालेका थिए।

क्रिकेटका पछिल्ला पुस्तासँग उत्तिकै मिजासिला ज्ञानेन्द्रले करिब दुई वर्षभन्दा बढी समय युवा कप्तानको नेतृत्वमा रहेर खेले। यद्यपि, ढल्कँदो उमेर र खस्कँदो प्रदर्शनसँगै ज्ञानेन्द्रले शुक्रबार १८ वर्षे करियरको अन्त्य गरेका छन्। आफू क्रिकेटमै हुर्किएकाले क्रिकेटबाट भने टाढा नजाने ज्ञानेन्द्र बताउँछन्। संन्यास घोषणा गर्ने क्रममा उनले नेपाली खेलाडीमा क्षमता रहेकाले नेपालको भविष्य पनि राम्रो रहेको उल्लेख गरे। त्यसको लागि राम्रो एक्सपोजर आवश्यक रहेको र जुन पछिल्ला समय खेलाडीले पाइरहेको उनको भनाइ छ। -नागरिक न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।