ग्लोबल टी २० को फाइनलमा सन्दीप र दीपेन्द्र आमनेसामने

काठमाडौं । ग्लोबल टी २० क्यानडाको फाइनलमा दुई नेपाली स्टार आमनेसामने हुने भएका छन् ।

दोस्रो प्लेअफमा दीपेन्द्र आबद्ध मोन्ट्रियल टाइगर्सले भान्कुभर नाइट्सलाई १ विकेटले हराउँदै फाइनलमा सन्दीप आबद्ध सर्रे जगुअर्ससँग भेट पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको भ्यानकुभरले निर्धारित २० ओभरमा १३७ रन मात्रै जोड्न सक्यो । पाकिस्तानी ब्याट्सम्यान मोहम्मद रिजवानले ३३ बलमा सर्वाधिक ३९ रन बनाए ।

मोन्ट्रियलका अब्बास अफ्रिदीले सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिकसहित ५ विकेट लिए । उनले भृत्य अरविन्द, कोरविन बोस्च र कप्तान रसी भान डेर डसेलाई लगातार बलमा आउट गरेपछि खेलमा मोन्ट्रियल हाबी भएको थियो ।

त्यस लगत्तैको बलमा आयान अफजल खानले मोहम्मद रिजवानलाई आउट गरे । दीपेन्द्रले भने बलिङको मौका पाएनन् ।

१३८ रनको विजय लक्ष्य पछ्याएको मोन्ट्रियलले निकै खराब सुरूवात गर्‍यो । २९ रनमा ४ विकेट गुमाएपछि सेरफेन रदरफोर्ड र दीपेन्द्रले मोन्ट्रियलको इनिङ सम्हालेका थिए । उनीहरूबीच ४३ रनको महत्त्वपूर्ण साझेदारी भयो । तर १२.३ ओभरमा ७२ रनको अवस्थामा दीपेन्द्र आउट भएपछि मोन्ट्रियल फेरि धरमराएको थियो । दीपेन्द्रले २८ बलमा २ चौकासहित २५ रन जोडे ।

अर्को इन्डबाट विकेट लगातार गइरहँदा रदरफोर्डले भने धैर्यता गुमाएनन् । उनले ३४ बलमा ३ छक्का र दुई चौकासहित अविजित ४८ रन जोड्दै टीमलाई जित दिलाए । एन्ड्रे रसेलले ११ बलमा १७ रन र आयन खानले १२ बलमा १८ रन बनाएर साथ दिएका थिए । मोन्ट्रियलले १९।३ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

मोन्ट्रियल र जगुअर्सबीचको फाइनल खेल आज राति हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।