एक क्विन्टल सुन तस्करी प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ ।

यही साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अनुमानित एक क्विन्टल सुन बरामद गरेको थियो ।

सो प्रकरणमा संगठित समूह सक्रिय देखिएको भन्दै सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको हो । विभागले नियन्त्रणमा लिएका १८ जनाको मोबाइल फोनबाट आफूहरूले प्राविधिक विश्लेषण थालेको सीआईबी स्रोतको भनाइ छ ।

विभागले थप अनुसन्धानका लागि औपचारिक रूपमा प्रहरीसमक्ष पत्र भने नपठाएको नेपाल प्रहरी प्रवक्ता एवं डीआईजी कुबेर कडायतले बताए । “विभागबाट औपचारिक पत्र आएको छैन । हामीले प्राविधिक रूपमा अनुसन्धान त थालिसकेका छौँ । पत्र आजभोलिमा आउला,” डीआईजी कडायतले बाह्रखरीसित भने ।

पक्राउ परेकामाथि सुरुमा प्रहरीको सहयोगमा विभाग आफैँले अनुसन्धान अघि बढाएको थियो । सुन बरामद गरिएको २० दिनपछि भने बाँकी अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिने निर्यणमा विभाग पुगेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।