फुटबलका पूर्वप्रशिक्षक श्रेष्ठको निधन

वीरगञ्ज, २२ साउन (रासस) : पूर्वप्रशिक्षक हरिबहादुर श्रेष्ठको निधन भएको छ । मुटुको रोगबाट पीडित उहाँको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आज उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो ।

करिब दुई वर्षअघि मुटुको रोगको उपचार गराउनुभएका श्रेष्ठको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि नेशनल मेडिकल कलेज भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

विसं २००५ मा जन्मिनुभएका श्रेष्ठ जिल्ला खेलकुद विकास समिति पर्सामा ४० वर्ष फुटबल प्रशिक्षकका रुपमा काम गरी सेवानिवृत हुनुभएको थियो । जिल्ला फुटबल सङ्घ पर्साले श्रेष्ठको निधनबाट फुटबलका साथै समग्र खेलकुदको क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।