धनकुटामा एक सय ३७ जनालाई डेङ्गु

धनकुटा । लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०८०÷८१ को साउन महिनाको २१ दिनमा मात्र ती जिल्लामा सात हजार एक सय तीन जनालाई डेङ्गु लागेको छ ।

सबैभन्दा धेरै तराईका जिल्लाहरू प्रभावित भएका छन् जसमा सुनसरी र मोरङ जिल्ला प्रभावित रहेका छन् । सुनसरीमा हालसम्म नौ जनाको मृत्युसहित चार हजार सात सय ४१ जना डेङ्गु सङ्क्रमित भएका छन् ।

त्यस्तै मोरङमा एक हजार एक सय ७१ जना सङ्क्रमित भएका छन् । दुई जनाको मृत्यु भएको भनिए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको अधिकृत गौतमले जानकारी दिनुभयो ।

दुई जिल्लापछि झापामा पाँच सय २८ जना सङ्क्रमित रहेका छन् । तराईसँग जोडिएका जिल्लाहरूमा उदयपुर र धनकुटा सबैभन्दा बढी प्रभावित रहेका छन् । उदयपुरमा एक सय ८३ र धनकुटामा एक सय ३७ जनालाई डेङ्गु लागेको छ । त्यसपछि भोजपुरमा ९०, सङ्खुवासभा ८९, तेह्रथुममा ६७, इलाम ३५, पाँचथर १६, ताप्लेजुङ १२ र खोटाङमा चारजना डेङ्गु सङ्क्रमित रहेको कार्यालयले जानकारी दिएको छ ।

बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटालाई रोगसँग लड्न तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।