क्विन्टल सुन तस्करी प्रकरण : १० चिनियाँ नागरिक अध्यागमन विभागको कालोसूचीमा

काठमाडौं । साउन ३ गते सिनामंगलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका १० जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले कालोसूचीमामा राखेको छ ।

तस्करीको सुन बरामद गरेपछि राजस्व अनुसन्धान विभागले सुन तस्करीको अनुसन्धान गर्ने क्रममा नेपालमा बस्दै आएका १० जना चिनियाँ नागरिकलाई विभागले कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले कालोसूचीमामा राखेको विभाग उच्च स्रोतले जानकारी दिएको छ ।

कालो सूचीमा राखिएका ती चिनियाँँ नागरिकहरूमा जे झेङ, वाइ पुझेङ, वी यान, एल वेनझङ, टी याओ, जी चेन, जे लि, एफ लिउ, जी लिन र वी सियागत्जा रहेका छन् ।

यसबाहेक प्रहरीले उक्त सुन काण्डमा संलग्न रहेको आशंकामा थप चार जना चिनियाँ नागरिकविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेको छ । प्रहरीले नाम नखुलाइएका ती चार जना चिनियाँ नागरिक पनि नेपालमा नै रहेको आशंका गरेको छ ।

उक्त सुन काण्डमा संलग्न रहेको आशंकामा २ जना चिनियाँ मूलका नागरिकलाई विभागको टोलीले पक्राउ गरी अनुसन्धान गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।