फिफा महिला विश्वकप फुटबल : अष्ट्रेलिया र इङ्ल्यान्ड क्वार्टरफाइनलमा

काठमाण्डौं । आयोजक अष्ट्रेलिया र इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सिड्नीस्थित अष्ट्रेलिया रंगशालामा सोमबार भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई २–० गोलले हरायो ।

ब्रिसवन स्टेडियममा भएको अर्को खेलमा इङ्ल्यान्डले नाइजेरियालाई टाइब्रेकरमा ४–२ गोलले स्तब्ध बनायो । अष्ट्रेलियाको जितमा केटलिन फोर्डले २९औं र हेली रासोले ७०औं मिनेटमा गोल गर्नुभयो । क्वार्टरफाइनलमा अष्ट्रेलियाले फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी प्रतिस्पर्धात्मक अर्को खेलमा इङ्ल्यान्ड र नाइजेरियाले निर्धारित र थप समयमा समेत गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेर सकिएको हो ।

टाइब्रेकरमा इङ्ल्यान्डकी बेथानी इङ्ल्यान्ड, रचेल डाली, एलेक्स ग्रीनवुड र चोलोई केलीले गोल गर्नुभयो । जर्जिया स्टानवेले चुक्नुभएको थियो । नाइजेरियाकी क्रिष्टि युचेइवी र रसहिडाट एजिबाडेले गोल गर्नुभयो ।

डिसाएर ओपारानोजी र मिचेली एलोजी असफल बनेपछि नाइजेरिया घरफर्कन बाध्य बन्यो । विजेता इङ्ल्यान्डले क्वार्टरफाइनलमा कोलम्बिया र जमैकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।