उदाउँदा फरवार्ड दिपक राज सिंह ठकुरी पनि बिदेशिए

काठमाडौं । नेपाली फुटबलमा उदाउँदा स्टारका रुपमा परिचय बनाएका युवा फरवार्ड दिपकराज सिंह ठकुरी पनि विदेशिएका छन् । २३ वर्षिय दिपकले पनि अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाउँदै विदेश पलायन भएका हुन् ।

गत सिजन ए डिभिजन लिगमा उदाउँदा ‘गोल मेशीनको छबी बनाएका दिपकले गत मार्चमा नेपाल मै सम्पन्न प्रधानमन्त्री थ्री नेशन्स कपमा लाओस विरुद्ध खेल्दै डेब्यु गरेका थिए । त्यतिबेला नेपाललाई प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि जिताउन दिपकले पनि अहम भूमिका खेलेका थिए ।

छोटो समय मै राम्रो सम्भावना बोकेका दिपक पनि विदेशिएपछि नेपालीले फुटबलले फेरि अर्को एउटा क्षमतावान खेलाडीलाई गुमाउन बाध्य बनेको छ । त्यसो त अष्ट्रेलिया पुग्ने दिपक नेपालका पहिलो अन्तर्राष्ट्रिय खेलाडी भने होईनन् ।

सन्तोष तामाङ, सुमन अर्याल, सुमन लामा, तेज तामाङ, शिव श्रेष्ठ, कमल थापा, सुजल श्रेष्ठ, रजिन धिमाल, अभिषेक रिजाल जस्ता दर्जनौं अन्तर्राष्ट्रिय खेलाडीहरु सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया पुगिसकेका छन् ।

अष्ट्रेलिया बाहेक अन्य देशहरुमा पलायन हुने खेलाडीहरुको सूची भने अझै नगन्य छ । तर, नेपालले फितलो योजना र फुटबलमा जिविकोपार्जन गर्न सक्ने राम्रो माहोल सम्बन्धित पक्षले बनाउन नसक्दा अधिकांश खेलाडीहरु विदेशिन बाध्य छन् । र यो क्रम आउने दिनहरुमा पनि निरन्तर जारी रहने निश्चित पनि छ ।-गोलनेपास

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।