प्रेम हो कि आकर्षण कसरी थाहा पाउने ? यी १० संकेतले बताउनेछन् भिन्नता

प्रेम र आकर्षण यस्ता दुई भावना हुन् जसमध्ये एकले जीवनलाई खुसीले भरिदिन्छ भने अर्को निराशा, उदासी र डिप्रेसनको कारण बन्न सक्छ । यस्तोमा यदि हामीले प्रेम र आकर्षणबीचको अन्तरलाई समयमै राम्रो तरिकाले बुझ्न सक्यौँ भने सही निर्णय लिन हामीलाई सहज हुन्छ । हामी कुरा गरिरहेका छौँ, ती लक्षण बारे जसको मद्दतले तपाईंहरु बीच सच्चा प्रेम छ वा यो दुई दिनको आकर्षण हो भन्ने जानकारी दिन्छ । यसलाई बुझ्नका लागि यस्ता १० संकेत लिएर आएका छौँ ।

साँचो प्रेमका यी हुन् संकेत

वुमनहेल्थमा प्रकाशित लेखका अनुसार प्रेममा समयसँगै घट्दैन, बरु समय बित्दै जाँदा भावना बलियो र गहिरो हुँदै जान्छ ।

तपाईं कसैसँग प्रेममा पर्दा उसलाई आफ्नो पूरा ध्यान दिनुहुन्छ । यति मात्र होइन, तपाईलाई आँखा जुधाउन वा घन्टौँ कुरा गर्न समस्या हुँदैन ।

तपाईंहरु सँगै हुँदा एकअर्कालाइ राम्रोसँग बुझ्न हरेक विषय बारे कुरा गर्नुहुन्छ । एकान्तमा पनि उनको परिवार, पृष्ठभूमि, उनको पालनपोषण आदि बारे सोच्न थाल्नुहुन्छ ।

प्रेममा पर्दा तपाईंले जीवनका थुप्रै गम्भीर योजना सँगै बनाउनुहुन्छ । यस्तो भावना तपाईंहरु बीच प्राकृतिक रूपमा आउँछ र तपाईं यस्ता केही लगानीमा पनि संलग्न हुनुहुन्छ जुन जीवनसाथीले गर्ने गर्छन् ।

तपाईंहरु दुबै जना एक अर्कासँग निकै खुल्ला हुनुहुन्छ । उसको हरेक समस्या आफ्नै जस्तो लाग्छ । ती समस्यालाई हल गर्ने हरसम्भव प्रयास पनि गर्नुहुन्छ ।

तपार्ईं सम्बन्धमा ब्याकअपको आवश्यकता महसुस गर्नु हुन्नँ, त्यसैले तपाईं क्रस जस्तै, एकै पटक धेरै व्यक्तिहरूसँग डेट गर्न चाहनुहुन्न । तपाईंको भावना क्रसप्रति भन्दा गहिरो हुन्छ ।

तपाईं उसलाई आफ्नो परिवारसँग परिचय गराउन चाहनुहुन्छ । यति मात्र होइन, तपाईं आफ्नो परिवार र साथीहरू बीच पनि ती व्यक्तिसँग सहज हुनुहुन्छ ।

तपाईंहरु बीच एक पावरफुल लभ केमेस्ट्री हुन्छ जसमा शारीरिक भन्दा भावनात्मक लहर हाबी हुन्छ । तपाईंका लागि भावना र केयर सबैभन्दा बढी महत्त्व राख्छ ।

तपाईंहरु दुबैलाई मायाको अर्थ के हो भन्ने थाहा हुन्छ । तपाईंहरु एक अर्कासँग सधैँ सँगै बस्न सक्नुहुन्छ । तपाईंहरु बीच एक गहिरो भावना हुन्छ ।

यदि कुनै कुरामा तपाईं बिच मतभिन्नता छ भने, त्यो तपाईंको झगडा वा सम्बन्ध टुट्ने कारण बन्दैन । एक अर्काको असहमतिलाई सजिलै स्वीकार गर्नुहुन्छ ।

आकर्षण मात्रै हो कि भनेर कसरी थाहा पाउने ?

क्रस एक अस्थायी र अविश्वसनीय भावना हो जुन कहिले आउँछ र कहिले गायब हुन्छ ।

– यसमा प्रायः शारीरिक आकर्षण र एड्भेन्चरको भावना हुन्छ । जबकी आपसमा विश्वास र समर्थनको भावना कम हुन्छ ।

आकर्षणको भावना कसैलाई देख्ने बित्तिकै महसुस हुन थाल्छ । यसमा अनिश्चयको भावना हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।